७ वैशाख २०८१ शुक्रबार
समाज

घुस लिने नायब सुब्बाविरुद्ध मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार नायब सुब्बा गौतमले जग्गाधनी प्रमाणपुर्जाको मोहीको नाम लगत कट्टा गर्ने प्रयोजनमा एक सेवाग्राहीसँग रु ६ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए।

आयोगले नायब सुब्बा गौतमलाई कैद सजायको मागदाबी गरिएको जनाएको छ।

कीर्ते शेयर कारोबार गर्ने कारबाहीको दायरामा

नेपाल धितोपत्र बोर्डले कीर्ते कागजात बनाएर विभिन्न जलविद्युत् कम्पनीको शेयर कारोबार गर्ने तीनवटा शेयर दलाल कम्पनी र त्यसको कार्यकारी प्रमुखलाई कारबाही गरेको छ।

बोर्डले मंगलबार साँझ एक विज्ञप्ति प्रकाशित गरी तीन जलविद्युत् कम्पनीको कीर्ते शेयर कारोबार गर्नेलाई कारबाही गरेको जनाएको हो।

बोर्डका अनुसार चिलिमे जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर र सानिमा माई हाइड्रो पावर कम्पनीको कीर्ते शेयर कारोबार गर्ने अग्रवाल सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र सिप्रवी सेक्युरिटिजलाई कारबाही गर्ने निर्णय भएको हो।

ती शेयर दलाल कम्पनीलाई धितोपत्र व्यवसायी÷धितोपत्र दलाल, व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार कारबाही गरिएको हो।

विभिन्न कानून तथा नियमको उल्लंघन गर्दै चिलिमेको कीर्ते शेयर कारोबारमा संलग्न अग्रवाल सेक्युरिटिजलाई रु १० लाख ५० हजार जरिवाना गरेको छ।

यसैगरी, नेशनल हाइड्रोको कीर्ते शेयर कारोबारमा संलग्न श्रीहरि सेक्युरिटिजलाई पनि समान रु १० लाख ५० हजार जरिवाना तोकेको छ। दुवै शेयर दलाल कम्पनीका कार्यकारी प्रमुखलाई रु ५०÷५० हजार जरिवाना गरिएको छ। बोर्डका अनुसार सिप्रवी सेक्युरिटजलाई रु ५० हजार जरिवाना गराउँदै त्यसका प्रमुखलाई सचेत गराइएको छ।

शेयर बजारमा कीर्ते कारोबार भएको उजुरीपछि बोर्डले अनुसन्धान थालेको थियो। बोर्डले उक्त जलविद्युत् कम्पनीको कीर्ते शेयर कारोबार गरेको विषयमा छानबिन गरी गत असार २३ गते नै जिल्ला अदालत काठमाडौँमा मुद्दासमेत दायर गरिसकिएको विज्ञप्तिमा जनाएको छ।

बोर्डले लामो अनुसन्धान तथा अध्ययनबाट नक्कली कारोबार गर्ने शेयर दलाल कम्पनीलाई कारबाही गरिएको जनाएको छ।

प्रकाशित: २५ पुस २०७४ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App