७ वैशाख २०८१ शुक्रबार
राजनीति

संखुवासभामा दुई जनाले मात्रै खर्च विवरण बुझाए

संखुवासभा – जिल्लामा दुई जना उम्मेदवारले मात्र खर्च विवरण पेश गरेका छन्। निर्वाचित भएका दुई जना सांसदले मात्रै चुनावी खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी ऋषि दाहालले जानकारी दिए। मंसिर १० गते पहिलो चरणमा सम्पन्न भएको चुनावमा २७ जनाले उम्मेदवारी दिएका थिए।

निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरणमा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले २३ लाख खर्च गरका छन्। त्यसैगरी प्रदेशसभा ख का तुलसीप्रसाद न्यौपानेले १३ लाख २० हजार खर्च भएको विवरण पेश गरेका छन्। दुई उम्मेदवारको खर्च विवरणमा निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्र रहेर उम्मेदवारले खर्च गरेको देखिएको छ। आयोगले निर्धारण गरेअनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो।  

चुनावको परिणाम सार्वजनिक भएकोे ३५ दिन भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाइ सक्नुपर्ने निर्वाचन आयोगले जनाएको थियो। जिल्लाका एक स्वतन्त्रसहित २५ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी रहेको छ। निर्वाचनमा १० दलका २७ जना उम्मेदवारले सहभागिता जनाएका थिए।

प्रकाशित: २५ पुस २०७४ १५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App