coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीन-पाकिस्तान सम्बन्धमा ‘दख्खल’ नदिन चेतावनी

बेइजिङ – चीनले पाकिस्तानसँगको आफ्नो सम्बन्धमा चासो नराख्न सबैको ध्यानाकर्षण गराएको छ।

चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)को सुरुवाती विन्दु पाकिस्तानको ग्वाडारमा संयुक्त जलसैनिक क्याम्प खोल्ने विश्वव्यापी अनुमान गरिएपछि मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले  नियमित पत्रकार सम्मेलनमा चीन पाकिस्तान सम्बन्धमा चासो नराख्न ‘बाहिरी संसार’को ध्यानाकर्षण गराएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले ग्वाडारमा सैनिक क्याम्प खोल्न लागेको हो ? भन्ने सम्वाददाताहरुको प्रश्नमा प्रवक्ता काङ्गले भने– ‘तपाईहरुले उल्लेख गर्नुभएको विषयबारे मलाई जानकारी छैन्।’

उनले सीपीईसी परियोजना दुबै देशको हितमा रहेको स्पष्ट पार्दै भने– ‘तपाईहरुलाई थाह नै छ सीपीईसी ‘वन रोड वन वेल्ट’ परियोजनाको एउटा महत्वपूर्ण हिस्सा हो। चीन र पाकिस्तान दुबै देश सीपीईसीलाई अगाडि बढाउने प्रयास गरिरहेका छन्। यो मार्ग दुई देशको हितमा छ। त्यसकारण मलाई लाग्छ बाहिरी संसारले यो विषयमा धेरै चासो र दख्खल दिनुपर्ने आवश्यकता छैन्।’

यद्यपी उनले  ग्वाडारमा चिनियाँ सैनिक क्याम्प खोल्ने विषयमा स्पष्ट जवाफ दिएनन्।

यता पाकिस्तानी विदेश मन्त्रालयका अधिकारीले भने  ग्वाडारमा चिनियाँ सैनिक क्याम्प खोल्ने कुनै सहमति नभएको बताएका छन्।

प्रकाशित: २५ पुस २०७४ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App