coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पुरानो स्थानमा नगरपालिका राख्न स्थानीयवासीको माग

रुकुम – मुसीकोट नगरपालिकाको कार्यालय पुरानो स्थानमा हुनुपर्ने मागसहित खलंगाका स्थानीयवासीहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । स्थान अभावको कारण मुसीकोट नगरपालिका वडा नम्बर–५ सेरीगाँउमा रहेको कृषि विकास कार्यालयको भवनमा सरेको थियो ।स्थानीयवासीहरुले पुनः साविकको स्थानमा कार्यलय नसारे आन्दोलन गर्ने बताएका छन् ।

खलंगामा सार्वजनिक स्थान प्रशस्त भएकाले जनप्रतिनिधिहरुले सेरीगाउँमा नगरपालिका कार्यालय सार्नु उचित नभएको संघर्ष समितिका संयोजक हेमराज श्रेष्ठले बताएका छन् । ‘जिल्ला सदरमुकाम मुसीकोट खलंगाको बालमन्दिर, सहिद मैदान र जिल्ला हुलाक कार्यालय लगायतको जग्गाहरुमा कार्यलयका भौतिक संरचना बनाउन सकिन्थ्यो,’उनले भने ।

प्रकाशित: २५ पुस २०७४ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App