८ वैशाख २०८१ शनिबार
समाज

राजधानी माग्दै क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

डोटी – प्रदेश नम्बर ७ को राजधानी दिपायल माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा धर्ना दिईएको छ । विगत १३ दिनदेखिको आमहड्तालसहितको विभिन्न कार्यक्रम गर्दै आएको संघर्ष समितिले मंगलबारबाट धर्नाका कार्यक्रम अघि सारेको हो ।

यसअन्तर्गत पहिलो दिनको उद्योगी व्यवसायीहरुको नेतृत्वमा धर्ना कार्यक्रम गरिएको छ ।
‘आमहतड्तालका कार्यक्रम तत्कालका लागि रोक्दै आन्दोलन रुपान्तरण गरेर अघि बढेका छौ,’ संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले भने,‘अहिले एकसातासम्म धर्ना र दबाबका कार्यक्रमहरु हुनेछन् ।’ साताको अन्त्यमा भने जनप्रदर्शनको कार्यक्रम गरिने उनले बताए । त्यस्तै सरकारले दिपायलको विपक्षमा निर्णय गरिहालेको अवस्थामा भने कडा आन्दोलनमा उत्रने उनले बताए । ‘सरकारको निर्णय सकारात्मक आए स्वागत गर्नेछौ भने विपक्षमा भए आन्दोलनको स्वरुप भयानक पनि हुनसक्छ,’ उनले भने । सोमबारसम्म १३ दिन चलेको आन्दोलन अन्तिम पाँच दिन ‘हड्ताल’मा परिणत भएको थियो ।

हड्तालको कारण सडक, बजार, सरकारी कार्यालय र शिक्षण संस्था ठप्प छन् । प्रदेश नम्बर ७ का पहाडी जिल्लालाई तराईसंग जोड्ने भीमदत्त राजमार्ग डोटीको बुडरमा अवरुद्ध गरिएपछि पहाडको तराईसंग समेत सम्पर्क विच्छेदको अवस्था थियो । आमहड्तालसहितको आन्दोलनले  थलिएको यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।

प्रकाशित: २५ पुस २०७४ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App