coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा दुईको मृत्यु

नवलपरासी-   नवलपरासी  ९ बर्दघाट पश्चिम रामग्राम नगरपालिका– ११ जमुवाडमा आज भएको सवारी दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ ।

परासीबाट भूमहीतर्फ जाँदै गरेको लु १ ख ९२३६ नंको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ ख ९२४५ नंको ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना हुँदा अन्य छ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बसका सहचालक नवलपरासी रामग्राम–५ बस्ने २६ वर्षीय जीतेन्द्रकुमार पाण्डे र बसमा सवार नवलपरासी रामग्राम–२ बस्ने ३५ वर्षीय अरविन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ठाकुरको जिल्ला पृथ्वीचन्द्र अस्पताल र पाण्डेको रामनगर सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित: २५ पुस २०७४ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App