coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मकै बारीमा गाँजाखेती

ललितपुर-ललितपुरको चापाखर्क क्षेत्रमा मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती प्रहरीले फडानी गरेको छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा केही वर्षयता स्थानीयले व्यावसायिक रुपमा नै गाँजा खेती गर्दै आएको थिए।
मकै बारीमा रोपिएका गाँजा नष्ट गर्न ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले त्यस क्षेत्रमा प्रहरी परिचालन गरी गाँजा फँडानी र नष्ट गरिएको बताए । चापाखर्क ललितपुरको पर्यटकीय क्षेत्र गोदावरीनजिकै पर्ने भएकाले शनिबारलगायत विदाका दिन सयौंको संख्यामा युवा त्यहाँ पुग्ने र गाँजासेवन गर्ने गरेको प्रहरीको भनाई छ । विदाका दिन सयभन्दा बढी युवाले गाँजा सेवन गरेको भेटिएको र कारबाही गरेको प्रहरीले जनाएको छ ।
त्यस क्षेत्रमा उत्पादन हुने गाँजा नै गोदावरी क्षेत्रमा बिक्री वितरण हुने एसएसपी अधिकारीले बताए । उनले गाउँमा गाजा नष्ट गर्न प्रहरी जाँदा स्थानीय डराएको र ललितपुर प्रहरीले केही महिनायता गाँजा नष्ट गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ । अभियान प्रभावकारी देखिएको प्रहरी बताउँछ ।
प्रहरीले उक्त क्षेत्रको ९ सय रोपनीमा लगाइएको गाँजा नष्ट गरेको छ । त्यस्तै साउन १६ र १७ गते गोदावरी क्षेत्रको ८ रोपनीमा लगाइएका ५ हजारभन्दा बढी गाँजाका बोट जलाएर नष्ट गरेको जावलाखेलका डिएसपी किसन सिंहले जानकारी दिए ।
मकैखेती भन्दा गाँजाखेतीमा बढी फाइदा हुने हुँदा स्थानीयले गाँजा खेती प्राथमिकतामा राखेको ललितपुर बाँडेगाउँका प्रहरी प्रमुख इन्सपेक्टर  भुपेन्द्र श्रेष्ठले बताए । व्यावसायिक गाँजा खेती गरेका घर धनीलाई कारवाहिको दायरामा ल्याउने प्रयास भइरहेको एसएसपी अधिकारीले बताए ।
प्राकृतिक लागुऔषधको सेवनबाट बर्षमा सय भन्दा बढीको ज्यान जाने गरेको र त्यसमध्ये सबैभन्दा धेरै घटना गाँजा सेवनबाटै हुने गरेको प्रहरीको तथ्यांक छ । त्यस्तै  गाँजा सफाई अभियानले प्राकृतिक लागुऔषधसम्बन्धि घटनामा पनि कमी आएको प्रहरीले जनाएको छ । मकै बारीमा गरिएको गाँजा फडानी गर्दा मकैलाई जोगाएर फडानी गाँजामात्रत्र फडानी गरिएको छ ।
हालसम्म ललितपुर प्रहरीले जिल्लाभरी २२ हजार ९ सय बोट गाँजा नष्ट गरिसकेको छ । साथै यो अभियानलाई निरन्तरता दिने प्रहरीको भनाई छ ।
 

प्रकाशित: २६ श्रावण २०७३ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App