८ वैशाख २०८१ शनिबार
राजनीति

दलीय सहमतिमा अस्थायी राजधानी तोक्न राष्ट्रपतिको आग्रह

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख, प्रदेशका अस्थायी राजधानी दलीय सहमतिमा तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । राष्ट्रपतिलाई भेट्न सोमबार बिहान १० बजे शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई प्रमुख राजनीतिक दलसँग समन्वय गरेर अघि बढ्न सुझाव दिएकी हुन ।
प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर विभिन्न पक्ष र ठाउँमा आन्दोलन भइरहेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै राष्ट्रपतिले जे गर्ने हो दलीय सहमति÷समन्वयमा गर्न सुझाव दिएको राष्ट्रपतिका जनमसम्पर्क सल्लाहकार जीवछ साहले जानकारी दिए । ‘अहिले जे विषयहरू उठिरहेका छन् प्रधानमन्त्रीले दलीय सहमति वा कोअर्डिनेशनमा गर्नु राम्रो हुन्छ,’ राष्ट्रपतिलाई उद्धृत गर्दै साहले भने, ‘त्यसको पहल गर्न प्रधानमन्त्रीलाई सल्लाह दिनुभएको छ ।’
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नका लागि दलीय सहमतिको प्रयास सरकारले गरेको राष्ट्रपतिलाई जानकारी गराउँदै दलीय सहमति जुट्न नसकेको प्रधानमन्त्रीले सुनाएका थिए । राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरिसकेको त्यसका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी तत्काल तोक्न सरकारलाई दवाव  रहेको सुनाउँदै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आगामी बैठकले त्यस विषयमा निर्णय लिने राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
त्यस्तै, भेटमा तराईका २२ जिल्लामा चिसोका कारण सर्वसाधराण अप्ठेरोमा परेको भन्दै राष्ट्रपतिले उनीहरूको जीवन रक्षाका लागि उचित कदम चाल्न पनि सल्लाह दिएकी थिइन् । चिसोका कारण भएको मानवीय क्षतिप्रति राष्ट्रपतिले दुख व्यक्त गरेकी थिइन् । प्रतिउत्तरमा प्रधानमन्त्री देउवाले सरकारले तत्कालै न्यायनोका लागि उचित व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।
सरकारले सोमबार नै तराईका २२ जिल्लालाई केन्दिीत गरेर २ करोड २२ लाख बराबरको राहत घोषणा गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा सरकारले तराईका प्रत्यक जिल्लामा १० लाख रुपैयाको कम्मल, दाउरालगायत न्यानो सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।

प्रकाशित: २५ पुस २०७४ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App