७ वैशाख २०८१ शुक्रबार
विचार

अब यसै हो प्रचण्डज्यू ?

भन्नै परेन, नेपाली जनमत वामढलो छ । यस वर्ष माक्र्सको दुई सयौँ जयन्ती, कम्युनिस्ट घोषणापत्रको १ सय ५० वर्ष र अक्टोबर क्रान्तिको सय वर्ष बिते । यी दुई सय वर्षमा विश्वमा दर्शन, विज्ञान, आविष्कार, सूचना, सञ्चार र प्रविधिको अभूतपूर्व विकास भयो । त्यसले दर्शन, राजनीतिक शास्त्र, संर्घष र मनोविज्ञानमा समेत अत्यन्तै ठूलो प्रभाव पा¥यो ।

युद्ध र शान्तिको अभ्यास गरेका नेपाली ‘कम्युनिस्ट’हरूले निर्वाचनमार्फत अहिले स्पष्ट बहुमत हासिल गरे । सरकार बनाउने संघारमा छन् । तर ‘वामपन्थ’ र दक्षिणपन्थको टकराव सत्ता हस्तान्तरणमा भने मौनयुद्ध बन्दै देखापर्दैछ । भन्नै परेन, हाम्रो भूराजनैतिक जटिलता र विश्व शक्तिसंघर्ष यहीँकै राजनीतिक पार्टीमार्फत गरिन्छ नै ।

नेपाली कम्युनिस्टहरू घोषितरूपमै माक्र्सवादी मात्रै हैनन्, माओवादी पनि थिए । अझ सरकारको नेतृत्व लिन थालेको नेकपा मालेको जन्म माओको जन्मदिन २६ डिसेम्बरमा भएको थियो । माओवादी केन्द्रले त आप्mनो नाम र कर्म नै माओवादी राखेको छ । कुनै बेला माओ जयन्तीलाई उत्सव पर्वका रूपमा मनाउनेहरूले यसपटक भने सामान्य औपचारिकता पु¥याउनसमेत आवश्यक ठानेनन् । कुनै दिन आन्दोलन, विद्रोह र सपना बनेको माओवादी र कम्युनिस्ट लोकप्रिय शब्द अब भने नेपालमा ट्रेडमार्कमा सीमित रहन पुग्यो ।

एमाले र माओवादी ‘वामगठबन्धन’का सर्वशक्तिमान र सर्वमान्य नेता केपी ओलीले सारेका पाँच प्रसंगलाई दुवै पार्टीबाट कुनै प्रतिक्रिया नआउनुले नेपाली अफिसियल कम्युनिस्टको आधिकारिक लाइन अब भने १) साम्यवाद रमाइलो कल्पना मात्रै हो । २) जनयुद्ध सैद्धान्तिक भूल थियो । ३) गणतन्त्र आउनुमा जनयुद्धको कुनै भूमिका छैन । ४) एमाले र माओवादी केन्द्र मिलेर बन्ने पार्टी कम्युनिस्ट र वामपन्थी दुवै हुनेछैन । ५) बल प्रयोग कुनै आधारभूत सवाल होइन भन्ने भयो ।

चिनियाँ कम्युनिस्ट पार्टीभन्दा एक वर्ष पहिला भारतीय कम्युनिस्ट पार्टीको गठन भएको थियो । चिनियाँ आधार क्षेत्र बनाउनु पहिल्यै भारतीय लालसेनाले तेलगंनालाई (आन्ध्र प्रदेश) आधार क्षेत्र तयार गरिसकेर आफ्नै स्वतन्त्र सत्ता सञ्चालन गरेका थिए । तर, रुसी कम्युनिस्ट पार्टीको मार्गचित्रमा फाँसिवादविरुद्धको मोर्चामा रहेको अंग्रेजप्रति भारतीय कम्युनिस्टको नरम व्यवहारले मौलिक कार्यनीति अघि बढाउन सकेनन् । वर्गसंघर्ष मुख्य बनाउने नाममा उनीहरू उत्पीडनकारी उपनिवेशवादी अंग्रेजप्रति नरम हुँदा देशभक्त आम भारतीय मनोविज्ञान जित्न सकेनन् । अझ हिन्दी भाषीक्षेत्र चपेटामा प¥यो । त्यसको असर यस उपमहाद्वीपको कम्युनिस्ट आन्दोलनमै पर्न गयो । विश्वमै निर्वाचनमार्फत ‘समाजवादी’ अभ्यासको थालनी केरलामा भयो भने त्यो फैलिएर पश्चिम बंगाल, त्रिपुरामा पनि रह्यो । केन्द्रीय सत्ताको प्रमुख शक्ति पनि बन्न पुग्यो ।

कालान्तरमा पार्टीमा विभाजन आयो । नक्सल विद्रोहका रूपमा चारु मुजमदार, कानु सन्याल, कोणपल्ली सितारामैया, सत्यनारायण सिन्हा, नागभूषण पटनायकहरूले माओवादी विद्रोह फेरि सुरु गरे । चिनियाँहरूले नक्सल विद्रोहलाई वसन्तको मेघ गर्जन पनि भने । कालान्तरमा नक्सल आन्दोलन पनि विभाजित हुँदै गयो । अहिले भने भाकपा माओवादीको नेतृत्वमा सशस्त्र संघर्ष चलिरहेको छ ।

श्रीलंकामा जनता विमुक्ति पेरुमना सिंहल–चेतना जातिवादभन्दा माथि उठ्न सकेन, अन्य सिद्धान्त रक्षामै सीमित रहे । बंगलादेशमा सिद्धान्त रक्षाका नाममा माओवादी विभाजन पीडादायी नै रह्यो । बर्मामा विद्रोह पनि घुमन्ते क्रान्तिकारी र वनवासीमै सीमित छ । पाकिस्तानमा जातीय उग्रताको कालो छायाँमा कम्युनिस्ट आन्दोलन साहित्य, कलामा रहे पनि आन्दोलन भने धनञ्जय वायुमा टिकेको छ । कुन बेला कुन नारा र कार्यक्रम अगाडि बढाउने भन्ने सिद्धान्तको विषय नै तत्कालीन अवस्थाको सूक्ष्म अध्ययन पार्र्टीलाई हुनैपर्छ, त्यसको उदाहरण बन्न पुग्यो भारतीय कम्युनिस्ट आन्दोलन ।
 नेपाली र माओवाद
कम्युनिस्ट आन्दोलनको महाविवादमा नेपाली कम्युनिस्टहरूको पनि कित्ताबन्दी भयो । रुसी लाइनको वकालत केशरजंग रायमाझी, विष्णुबहादुर मानन्धर, नीलाम्बर आचार्य, मदनमणि दीक्षितहरूले गर्न थाले भने पुष्पलालको अगुवाइमा माओवादी चिन्तन सक्रिय भयो । त्यो विभिन्न शाखा, प्रशाखा हुँदै बढ्यो । झापा विद्राहको अंशियार कोअर्डिनेसन केन्द्रबाट नेकपा माले बनेर सच्चा माओवादीको दाबी ग¥यो । तर, चिनियाँ नयाँ नेतृत्वले सांस्कृतिक क्रान्तिलाई कालो याम भन्नेबित्तिकै आफ्नै पूर्वमान्यतामा भने अडेन । पुष्पलाल समूहबाट त्यहाँ मिसाएको मुक्ति मोर्चा समूहले (मदन भण्डारी, मोदनाथ प्रश्रित, जीवराज आश्रित, वामदेव गौतम) माओवादी सिद्धान्त खारेजै नगरे पनि निरन्तरता दिन भने आवश्यक ठानेनन् । ०४३ को स्थानीय पञ्चायतको चुनावमा जनपक्षीय सहभागिता हुँदै गयो ।

१) साम्यवाद रमाइलो कल्पना मात्रै हो । २) जनयुद्ध सैद्धान्तिक भूल थियो । ३) गणतन्त्र आउनुमा जनयुद्धको कुनै भूमिका छैन । ४) एमाले र माओवादी केन्द्र मिलेर बन्ने पार्टी कम्युनिस्ट र वामपन्थी दुवै हुने छैन । ५) बल प्रयोग कुनै आधारभूत सवाल होइन ।

स्मरण रहोस्, तत्कालीन माले नै अहिलेको एमाले संस्करण हो । माओवादी र मसालको माउ पार्टी चौथो महाधिवेशनले चीनमा प्रतिक्रान्ति घोषणा गर्दै सांस्कृतिक क्रान्ति र माओवादको पक्षमा उभियो । अनेकौँ विवाद, मसालको टुटफुट र एकता गर्दै नेकपा माओवादीको गठन र सशस्त्र संघर्षको २०५२ फागुन १ को दीर्घकालीन जनयुद्ध थालनी भयो । झापाको विद्रोही भुल्कापछि योजनाबद्ध माओवादी सिद्धान्तमा टेकेर थालनी गरिएको विद्रोह थियो, त्यो । माओवादी प्रस्तावना, दीर्घकालीन जनयुद्ध, गाउँले सहर घेरेर केन्द्रीय सत्ता हासिल गर्ने, सत्ता बन्दुकको नालबाट जन्मन्छ र क्रान्तिपछाडि पनि सांस्कृतिक क्रान्तिको अनिवार्यता हुन्छ भन्ने कुरालाई राजनीति र युद्धसँगै अघि बढाउने माओवादीको मान्यता थियो ।

एमाले–माओवादी मिलेर बन्ने पार्टीका नेता केपी ओलीले भनेजस्तै साम्यवाद रमाइलो कल्पना, जनयुद्ध सैद्धान्तिक भूल, गणतन्त्र आउनुमा जनयुद्धको कुनै भूमिका छैन, एमाले र माओवादी केन्द्र मिलेर बन्ने पार्टी कम्युनिस्ट र वामपन्थी दुवै हुनेछैन, बल प्रयोग कुनै आधारभूत सवाल नै होइन भन्ने नै हो त ? सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएपछि अनुकूलता अनुसारका यस्ता तर्क त गढिन्छन् नै । दर्शनको अन्त भएकै हो ? इतिहासको अन्त भएकै हो ? हजारौँ वर्षदेखि राज्यसत्ता चलाइरहेको अवस्थाविरुद्धको माक्र्सवादी सिद्धान्त शैशवकालमै रहेको छ र संसारका सबै राजनीति, अनुसन्धान वा आविष्कार प्रत्यक्ष वा परोक्ष कुनै न कुनै सिद्धान्तमा आधारित हुन्छन् भन्ने नै हो !

विश्वमै भएका कम्युनिस्ट आन्दोलन र गठन भएका कम्युनिस्ट पार्टीहरू भने ‘साम्यवाद रमाइलो परिकल्पना’ भनेर गठन भएका थिएनन् । माक्र्सवादका विरोधीहरूले अझ बुझेका छन् । उनीहरू वर्गसंर्घषलाई विषयान्तर गराउन जातीय उन्माद, धार्मिक उत्तेजना, नश्लीय घृणाको भावना दोहन गराएर क्रान्ति रोक्न उत्तेजना पो फैलाउँदै छन् । विषयलाई कुन चस्माले हेर्ने ? कुन भावनाले ग्रहण गर्ने ? के अब यसै हो त प्रचण्डज्यू ?

 

प्रकाशित: २५ पुस २०७४ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App