८ वैशाख २०८१ शनिबार
समाज

ठगीमा बैंककै कर्मचारी संलग्न

काठमाडौं- अन्तर्राष्ट्रिय ह्याकरले बैंक खातामा बचत रहेको पैसा अनधिकृत रुपमा निकाल्ने घटना नौलो हैन । एटिएम बुथमा अपनाएको कमजोर प्रविधिको फाइदा उठाउँदै नक्कली एटिएम कार्ड प्रयोगमा संलग्न विभिन्न देशका नागरिक पक्राउ पर्ने क्रम रोकिएको छैन । पछिल्लो समय भने बैंकका कर्मचारी नै ग्राहकको रकम हिनामिनामा संलग्न भएका घटना बढेका छन् ।

बैंकको करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कृषि विकास बैंकका कर्मचारीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ । ब्युरोको हिरासतमा सोमबार सिभिल बैंकका कर्मचारी महेश्वर डंगोलसमेत थपिएका छन् ।

बैंकको करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कृषि विकास बैंकका कर्मचारीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ । ब्युरोको हिरासतमा सोमबार सिभिल बैंकका कर्मचारी महेश्वर डंगोलसमेत थपिएका छन् ।
कृषिका सहायक टेलर दीपिका रेग्मीले बैंकको पैसा अनधिकृत रुपमा आफू र परिचितको खातामा पठाएर ४ करोड ९१ लाख हिनामिना गरेको अभियोगमा प्रहरीले उनीसहित न्युरोड शाखाका कायममुकायम मुख्य शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, इसिसी प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्ठालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
रेग्मीले सेवाग्राहीले जम्मा गरेको चेक इलेक्ट्रोनिक चेक क्लियरेन्समार्फत सम्बन्धित सेवाग्राहीको खाता जम्मा गरेपछि भुक्तानीपछिको रिपोर्ट संशोधन गरेर सोही चेक पुनः प्रयोग गरी आफ्नो र आफ्ना निकटको खातामा पैसा जम्मा गरेकी थिइन् । उनले यसरी ठगी गरेको पैसा सुन किन्न प्रयोग गरेको खुलेपछि यो ठगी प्रकरणमा सुन कारोबारी प्रकाश घतानी, बैंकका अर्का कर्मचारी  रमेशकुमार थापा र नेपाली सेनाका सहायक रथी रमेश बिष्टसमेत जोडिएका थिए । बिष्ट सैनिक हिरासतमा र अन्य अभियुक्त प्रहरी हिरासतमा छन् ।
ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीका अनुसार सिभिल बैंकका कर्मचारी डंगोल बैंकको ४० लाख हिनामिनाको अनुसन्धानका लागि सोमबार पक्राउ परेका हुन् । सिभिलको बौद्ध शाखामा कार्यरत उनले इन्टरनेट बैंकिङमार्फत अनधिकृत रुपमा पैसा आफ्नो खातामा जम्मा गरेको उनी कार्यरत बैंकले नै सिआइबीलाई जानकारी गराएको थियो ।
बैंकले आफ्ना कर्मचारीले बदमासी गरेको जानकारी दिँदै छानबिनका लागि आग्रह गरेपछि डंगोललाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको कार्कीले जानकारी दिए । बैंकमा जम्मा हुनुपर्ने ४० लाख हराएपछि बैंकले आन्तरिक रुपमा छानबिन गर्दा डंगोलले बदमासी गरेको खुलेको थियो । सिआइबीको प्रारम्भिक अनुसन्धानमा डंगोलले इन्टरनेट बैंकिङ प्रणालीमा प्रवेश गरेर अनधिकृत रुपमा आफ्नो खातामा पैसा ट्रान्सफर गरेको देखिएको छ ।  ब्युरोले उनको खाता रोक्का गरेर बैंकिङ कसुरमा अदालतबाट म्याद लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।

प्रकाशित: २५ पुस २०७४ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App