coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस युवा नेता नेतृत्वप्रति असन्तुष्ट

काठमाडौं- नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरू पार्टी नेतृत्वप्रति आक्रमकरूपमा प्रस्तुत भएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी लिनुपर्ने बताउँदै युवा केन्द्रीय सदस्यहरूले छिटो महाधिवेशनका लागि अभियान चलाउने भएका हुन् ।
केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेलसहितका नेताहरूले सामेबार बुद्धिजीवीसँगसमेत परार्मश गरी नेतृत्व परिर्वतनका लागि देशभरि दवाव अभियान सञ्चालन गर्ने जनाएका छन् । ‘छिटो महाधिवेशन गरेर अब पार्टी नेतृत्व परिर्वतनका लागि हामी अभियान चलाउँछौ,’ भण्डारीले भने, ‘लिडरसिप राम्रो भए सिद्धान्त खराब भए पनि केही फरक गर्दैन । नेतृत्व खराब भयो भयो भने सिद्धान्त राम्रो भए पनि केही नहुने स्पस्ट भएको छ ।’
पार्टी केन्द्रीय समिति, महासमिति र महाधिवेशनका लागि दवाव बढाउन उनीहरूले सातै प्रदेशमा अभियान सञ्चालन गर्ने पनि निष्कर्ष निकालेका छन् । ‘यो हारको छटपटी मात्र होइन,’ अर्का केन्द्रीय सदस्य घिमिरेले भने, ‘हामी यसलाई देशैभरि अभियानकैरूपमा सञ्चालन गर्नेछांै । ७ सय ६६ गाउँ एकाइमा पु¥याउनेछौं ।’
पार्टी नेतृत्व परिर्वतन नियमित प्रक्रिया भएको जिकिर गर्दै घिमिरेले भने, ‘पुस्ता होइन पात्र नयाँ हुनुपर्छ । जो विचारशील पनि चाहिन्छ ।’
दासत्वबाट पार्टीलाई मुक्त गराउनुपर्ने भन्दै केन्द्रीय सदस्य भण्डारीले भने, ‘दासले युद्ध जित्न सक्दैनन् । हामी यसलाई अभियानकैरूपमा चलाउँनेछौं र पार्टीलाई परिर्वतन गर्नेछौं । सकिएन भने घरमा गएर सुत्छौं ।’
निर्वाचनमा पार्टी पराजयको कारण र अबको बाटोका विषयमा सोमबार तीन दर्जन भन्दा बढी विभिन्न क्षेत्रका व्यक्तिसँग उनीहरूले छलफल गरेका थिए । सहभागीले अर्कालाई दोष लगाउनभन्दा आफंैबाट परिर्वतन थाल्न केन्द्रीय सदस्यहरूलाई सुझाएका छन् । युवाहरू नै आत्मकेन्द्रीत र गुटगत स्वार्थमा लिप्त भएको जनाउँदै सहभागीले पार्टी संस्थागतरूपमा सञ्चालनको अभियानको प्रारम्भ गर्न सल्लाह दिएका छन् ।
पार्टी संगठन जीवन्त नभएको, गुटगत स्वार्थ हावी, जनतासँगको सम्वाद टुट्नु, सरकारको काम प्रभावकारी नहुनु, प्रतिपक्षको प्रहारलाई कुशलतापूर्व प्रतिरक्षा गर्न नसक्नु, युवा मतदातालाई आकर्षित गर्न नसक्नु जस्ता विषय नै निर्वाचनमा हारको कारण भएको सहभागीको तर्क थियो ।
उता, नेता रामचन्द्र पौडेल निकट १४ केन्द्रीय सदस्यले पनि सोमबार नै पार्टी सुधारको अभियानका विषयमा नेताहरूसँग छलफल गरेका छन् । केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशी, दिपक गिरी, कमला पन्त, रामकृष्ण यादव, धनराज गुरुङ, गोविन्द भट्टराई, सरिता प्रसाई, बद्री पान्डे, जीवन परियार, कल्याण गुरुङ, किरण यादवसहितका नेताहरूले छुट्टै अभियान सुरु गरेका छन् । उनीहरूले गुटभन्दा माथि उठेर पार्टीलाई शसक्त र प्रभावकारी ढंगबाट अघि बढाउने निष्कर्ष निकालेका छन् । पार्टीका सबै केन्द्रीय सदस्य र नेताहरूसँग छलफल गर्ने तयारी रहेको जानकारी दिँदै केन्द्रीय सदस्य जोसीले भने, ‘निर्वाचनको परिणामपछि निरिह भएक नेता तथा कार्यकर्तालाई आश्वस्थ र उत्साहीत बनाउनका लागि प्रयास गर्ने छौ ।’
पार्टी विधि र विधान अनुसार चल्न नसकेको र आफु निकट नेताहरु पनि संसदीय समिति र कार्यसम्पादन समितिमा साक्क्षी मात्र बसेको गुनासो गर्दै उनीहरुले नेता पौडेल, महामन्त्री शशांक कोइरालासहित अघिल्लो पुस्ताका नेताप्रति असन्तुष्टि जनाएका थिए । दुई दर्जन नेता सहभागी भेलामा संसदीय समिति र कार्यसम्पादन समिति छाडेर आउन आग्रह गर्दै उनीहरूले पार्टीलाई विधि र विधानअनुसार सञ्चालनमा जोड दिएका छन् ।
विधानअनुसार दुई महिनामा गर्नुपर्ने पदाधिकारी, विभाग, केन्द्रीय समितिले अझै पूर्णता नपाएको संसदीय समिति र कार्यसम्पादन पनि विधान विपरीत रहेको जनाउँदै उनीहरूले पार्टीलाई संघीय संरचनामा लैजान, टिकट वितरणलाई पारदर्शी बनाउन, प्रशिक्षणसहितका कार्यक्रम सञ्चालनमा जोड दिएका छन् ।  
उनीहरुले पार्टीलाई विधि र विधानअनुसार चलाउन सक्ने आँट र दृढता नभए नेतृत्व छाड्नसमेत आग्रह गरेका छन् । आफू निकट नेताको व्यवस्थापन र अवसर दिलाउन नसकेको भन्दै नेता पौडेलसहितको उनीहरूले आलोचना गरेका थिए ।
भेलामा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्व छाड्न तयार भए आपूm पनि अविभावक भएर बस्न तयार रहेको जनाउँदै पार्टीलाई सुधार र सशक्त बनाएर लैजान सामूहिक प्रयास गर्नु पर्ने आंैल्याएका थिए । सहभागी अन्य नेताले पनि विगतबाट पाठ सिक्दै संगठनलाई बलियो बनाएर लैजान आपूmहरूरु पनि लाग्ने जनाउँदै युवा केन्द्रीय सदस्यलाई पनि सक्रिय हुन आग्रह गरेको एक सहभागी नेताले बताए ।

प्रकाशित: २५ पुस २०७४ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App