coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

राजदूत ढकाल र ओमानी मन्त्रीबीच भेट

काठमाडौं – ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र त्यहाँका तेल तथा ग्यास मन्त्री मोहम्मदबिन हामद अलरुमहीबीच भेटवार्ता सम्पन्न भएको छ ।  

आइतबारको भेटवार्तामा राजदूत ढकालले नेपालको वर्तमान सामाजिक, आर्थिक र राजनीतिक अवस्थाबारे जानकारी गराइन् । सो अवसरमा उनले दुई राष्ट्रबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड् दिइन् ।

वार्तामा तेल, ग्यास तथा ऊर्जाको क्षेत्रमा लगानी र सहकार्यको सम्भावनाबारे छलफल भएको मस्कटस्थित राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजदूत ढकालले ओमानको ग्यास र तेलका लागि नेपाल राम्रो बजार हुनसक्ने धाराणा राखेकी थिइन् । उनले मन्त्री अलरुमहीलाई नेपालको औपचारिक भ्रमण गर्न निमन्त्रणासमेत दिइन् ।

जवाफमा मन्त्री अलरुमहीले तेल, ग्यास र ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक तयार रहेको बताए । उनले नेपाल भ्रमणका लागि आफू इच्छुक रहेको बताए ।
 

प्रकाशित: २५ पुस २०७४ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App