coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सुपर मोडलमा ४७ को भिडन्त


काठमाडौं –  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एन्ड मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको दोस्रो सिजनका लागि प्रतिस्पर्धीहरु हिजोआज प्रशिक्षणमा व्यस्त भएका छन् ।

प्रतिस्पर्धामा रहेका ४७ जनामध्ये एकजनाले सन् २०१८ को ‘द सुपर मोडल नेपाल’को उपाधि जित्नेछन् ।
‘द सुपर मोडल नेपाल’का प्रतियोगीलाई क्वाटवाकसँगै  आत्मविकास सम्बन्धी प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले दिइरहेका छन् ।

यसअघि  प्रतिस्पर्धीको ‘फोटोजेनिक’ सबटाइटलका लागि फोटोसुट सम्पन्न भइसकेको छ ।  प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही आउँदो ५ माघमा राजधानीमा हुने आयोजक संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाले बताए ।
 

प्रकाशित: २५ पुस २०७४ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App