७ वैशाख २०८१ शुक्रबार
कला

अमेरिकामा पञ्चायतको प्रिमियर

काठमाडौं – नेपालको पुरानो सामाजिक परिवेशमा आधारित फिल्म ‘पञ्चायत’को अमेरिकाको भर्जिनियामा प्रिमियर गरिएको छ । फिल्म यसअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को सहरमा आयोजित ‘सन फ्रान्सिस्को अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा ‘पञ्चायत’ले विदेशी भाषातर्फ उत्कृष्ट फिल्म र अभिनेत्री नीता ढुंगानाले उत्कृष्ट अभिनेत्री विधामा पुरस्कार जित्न सफल भएको थियो ।

चलचित्र ‘पञ्चायत’को प्रिमियर र अन्य विशेष सोका लागि अभिनेता सरोज खनाल यतिबेला अमेरिकामा छन् । फिल्मको भर्जिनियामा गरिएको प्रिमियरमा दर्शकले  फिल्मलाई राम्रो मानेको अभिनेता खनाले बताएका छन् । ‘चलचित्र हेरेर निस्केका सबै जसो दर्शकले चलचित्र निकै राम्रो बनेको भन्दै खुलेरै प्रशंसा गरेका छन् । चलचित्रको कथाबस्तु र कलाकारका अभिनयको सबैले तारिफ गरेका छन्,’ खनालले भनेका छन् ।

चलचित्र ‘पञ्चायत’मा शिवम अधिकारीको लेखन तथा निर्देशन छ । फिल्ममा सरोज खनाल, नीता ढुगांना, रूपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङेल, विशाल पहारी, किरण थापा, अश्विनी कोइराला, राजुबाबु श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ ।

गणेश गिरीको प्रस्तुति रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् । फिल्म  ‘पञ्चायत’ नेपालमा भने चैत्र २ गतेबाट प्रदर्शनमा आउँदैछ ।

 

प्रकाशित: २५ पुस २०७४ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App