८ वैशाख २०८१ शनिबार
खेल

अन्तिम टेस्टमा पनि अस्ट्रेलिया विजयी

सिड्नी – अस्ट्रेलियाले पाँच टेस्टको एसेज शृंखला ४–० ले जित्दा सोमबार अन्तिम खेलमा इङ्ल्यान्डमाथि एक इनिङ र १ सय २३ रनको विजय हासिल गरेको छ । पेट दुखेका कारण इङ्ल्यान्डका कप्तान जोए रुटले ब्याटिङलाई निरन्तरता दिन सकेनन् । इङ्ल्यान्डले अन्तिम दिनमा लन्चपछि लगातार ४ विकेट गुमाएर शृंखलामा ४–० ले पराजित भयो ।

‘पछिल्ला दुई महिना सुखद रहे । यस अवधिमा हामीले उत्कृष्ट क्रिकेट खेल्यौं,’ अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले भने, ‘महत्वपूर्ण क्षणमा हामीले राम्रो गर्यौ जसका लागि उनीहरूले पुनरागमन गर्ने मौका पएनन् ।’

तीव्र गतिका बलर पेट कुमिन्सले घरेलु मैदानमा ३९ रन दिएर ४ विकेट लिए । म्यान अफ दी म्याच घोषित कुमिन्सले शृंखलामा सबैभन्दा धेरै २३ विकेट लिए । कुमिन्सले भने, ‘आफ्नै सहरमा ठूलो जितसहित शृंखलाको अन्त्य गर्न पाउँदा म अत्यन्तै खुसी छु ।’

इङ्ल्यान्डले ८८।१ ओभरमा १ सय ८० रन जोड्दा ९ विकेट गुमाएपछि अस्ट्रेलिया एक इनिङ र १ सय २३ रनले विजयी भयो । इङ्ल्यान्डले ९३–४ को स्थितिबाट पाँचांै दिनको सुरुआत गरको थियो । ब्रिसबेन, एडिलेड र पर्थमा लगातार पराजय भोगेको इङ्ल्यान्डले मेलबर्नको चौथो टेस्ट बराबरी गरेको थियो ।

अघिल्लो दिनबाट दुखेको पेट ठीक नभएपछि कप्तान रुट लन्च समयपश्चात् ब्याटिङ गर्न आएनन् । ‘ग्यास्ट्रिकका कारण अघिल्लो दिनदेखि विरामी परेका उनी आज खेल्न असमर्थ रहे । ड्रेसिङ रुममा प्रयास गरेका थिए,’ सहायक कप्तान जिमी एन्डरसनले रुटको अवस्थाबारे प्रस्ट्याए, ‘प्रत्येक खेलको महत्वपूर्ण क्षणमा हामी चुक्यौं । हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं । अस्ट्रेलियाले यस शृंखलामा राम्रो खेल्यो ।’

प्रकाशित: २५ पुस २०७४ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App