७ वैशाख २०८१ शुक्रबार
खेल

आर्मीको विजयी सुरुआत

काठमाडौं – त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत २२औं पुरुष तथा १७औं महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । साबिक विजेता आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी नतिजा निकाले । 
बर्दियामा भएको पुरुषतर्फको प्रतिस्पर्धामा आर्मीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ४३–३० ले पराजित ग¥यो । महिलातर्फ आर्मीले मध्यमाञ्चललाई ५८–२५ ले हरायो ।

महिलातर्फको अन्य खेलमा सुदूरपश्चिमाञ्चल, एपिएफ र पश्चिमाञ्चल विजयी भए । सुदूर पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ३३–३० हराउँदा एपिएफले पूर्वाञ्चललाई ७६–२९ ले हरायो । पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २९–२८ ले पराजित ग¥यो ।

पुरुषतर्फ ५ विकास क्षेत्र र २ विभागीय टोली (आर्मी र एपीएफ) गरी ७ टिम सहभागी छन् । महिलामा ५ विकास क्षेत्र र ३ विभागीय (आर्मी, प्रहरी र एपिएफ) गरी ८ टिमको सहभागिता रहेको छ । 

 

प्रकाशित: २५ पुस २०७४ ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App