डा.केसीको गिरफ्तारीप्रति प्रधानमन्त्री रिसाए, केसीका समर्थकले माइतीघरमा प्रदर्शन गर्ने

सोमबार, २४ पुष २०७४, २३ : ५२ नागरिक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई थाहै नदिइ डा.गोविन्द केसीलाई पक्राउ गरेकोमा रिसाएका छन् ।डा. केसीलाई अपराधी जस्तो गरि पक्राउ गरेकोमा गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री रिसाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै भने, 'डा. केसी स्वयं मंगलवार अदालत जानु हुन्थ्यो, अपराधीलाई जस्तो गरि पक्राउ गर्नु जरुरी थिएन।' डा.केसीको गिरफ्तारी बारे प्रधानमन्त्रीलाई थाहा नदिइएको परियारले बताए ।

सोमवार सर्वोच्च अदालतमा परेको अवहेलना सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले गृहमन्त्रालय र नेपाल प्रहरीलाई आदेश जारी गर्दै मंगलवार डा.केसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशपछि डा.केसीलाई प्रहरीले उनको अनशन स्थलबाटै गिरफ्तार गरेको थियो । शिक्षण अस्पताल महाराजगञ्जमा अनसन थालेका डा.केसीलाई प्रहरीले गिरफ्तार गरी अनामनगर प्रहरी परिसरमा राखेको छ । केसीले प्रहरी परिसरमै अनशन जारी राखेका छन् ।

मेडिकल शिक्षाको सुधारको माग गर्दै पटक पटक सत्याग्रह गर्दै आएका केसी सर्वोच्च अदालतबाट चिकित्सा शास्त्र संकायका डिनलाई पुर्नस्थापना गर्ने निर्णय भएपछि आक्रोशित हुँदै अर्को चरणको आमरण अनसनमा बसेका थिए । उनले यसपटक प्रधानन्यायाधीशको राजीनामा मागेर अनसन सुरु गरेलगत्तै अवहेलना मुद्दा दायर भए लगत्तै मुद्दाको सुनुवाइ भएर पक्राउ आदेश जारी भएको हो ।

यसैबीच डा.केसीको आन्दोलनका समर्थकहरुले मंगलवार विहान माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।

यसैगरी नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले विज्ञप्ती जारी गरी अस्पताल परिसरबाटै डा.केसीको गिरफ्तारी भएकोमा दु:ख व्यक्त गर्दै उनको तत्काल रिहाईको माग गरेको छ । 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad