coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एकता प्रक्रियाबारे माओवादीका शीर्ष नेता छलफल

काठमाडौं – नेकपा एमालेसँगको पार्टी एकताको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार अनौपचारिक छलफल गरेका छन्।

यही पुस १८ गते बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको सम्पूर्ण निर्णय गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको सन्दर्भमा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतसँग छलफल गरेका हुन्।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अध्यक्षले एकताको खाका, सांगठनिक विषय र अन्य प्राविधिक विषय मिलाउन अध्यक्ष र वरिष्ठ नेताले छलफल गरेका जानकारी दिइन्।

एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, नेता श्रेष्ठ र थापा सदस्य छन्। केन्द्रीय कार्यालयको बैठकले एकतासम्बन्धी निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको सन्र्दभमा विभिन्न कोणबाट अनौपचारिक छलफल भएको प्रवक्ता भुसालले बताइन्।

मंगलबार एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ। बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने कार्यसूची रहेको छ। कार्यदलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढ्ने दुई पार्टीका शीर्ष नेताबीच सहमति भएको छ।

एकता प्रक्रियालाई गति दिने सम्बन्धमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो। सोही छलफलका आधारमा आज दुवै पार्टीले आन्तरिक छलफल गर्ने र मंगलबार एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ।

प्रकाशित: २४ पुस २०७४ १५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App