coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘मिस्टर झोले’द्वारा ‘ओखती’ कभर भिडियोका विजेता घोषणा

काठमाडौं – फिल्म ‘मिस्टर झोले’ टिमले ‘ओखती’ कभर भिडियो प्रतिस्पर्धाका विजेताहरु घोषणा गरेको छ। टिमले सोमबार पत्रकार सम्मेलनमार्फत पहिलोलाई १ लाख ५५ हजार, दोस्रोलाई १ लाख २५ हजार र तेस्रो हुनेलाई १ लाख ५ हजार नगतको चेक हस्तान्तरण गरेको छ।

प्रतियोगितामा पोखराको क्रिष्टल क्लजले बनाएको भिडियो पहिलो बन्यो। ‘कन्सेप्ट र पर्फमेन्स’का आधारमा क्रिष्टल क्लज उकृष्ट ठहरिदा काठमाडौँको किसन एण्ड डान्स क्रु दोस्रो बन्यो। भने, इटहरीको डाईनामिक क्रु तेस्रो बन्यो। प्रतियोगितामा २५ भिडियोले भाग लिएका थिए।

‘मिस्टर झोले’ टिम नै बसेर ‘कन्सेप्ट र पर्फमेन्स’का आधारमा उत्कृष्ट टप थ्री चयन गरिएको निर्देशक रामबाबू गुरुङले बताए।

दयाहाङ राई, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका रहेको ‘मिस्टर झोले’ पुस २८ गते प्रदर्शन हुँदैछ।

प्रकाशित: २४ पुस २०७४ १३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App