coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा शीतलहरबाट उत्पन्न परिस्थितिको समाधानका लागि आग्रह

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रको शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।

तराई क्षेत्रलगायत देशभर बढेको चिसोले जनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रपति भण्डारीले विगत वर्षमा पनि यस किसिमका प्राकृतिक घटनाक्रम हुने गरेकाले अब उचित र दिगो व्यवस्थापनका लागि पूर्वतयारी अपनाउन सरकारलाई आग्रह गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
शीतलहर एवम् महामारीका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, असहाय, गरीब र निमुखालाई बढी प्रभावित पारेको कुराले सिंगो देशलाई दुःखित र स्तब्ध तुल्याएको जनाउँदै विज्ञप्तिमा गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र र सर्वसाधारणलाई सरकारसँग हातेमालो गरी पीडितको उद्धार एवम् राहतको उचित प्रबन्ध मिलाउन आह्वान गरिएको छ।

केही दिनदेखि तराई क्षेत्रमा लागेको बाक्लो हुस्सु र शीतलहर एवम् पश्चिम पहाडका केही क्षेत्रमा फैलिएको झाडापखाला र ज्वरोका कारणबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपतिले दुःख व्यक्त गर्दै शीतलहर एवम् महामारीका कारणबाट अकालमा ज्यान गुमाएकाहरुका शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा उपचारका क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ पुस २०७४ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App