coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पोग्बाको कीर्तिमानी सम्झौता

म्यानचेस्टर–  खेलाडी सरुवा बजारमा मंगलबार विश्व कीर्तिमान बनाउँदै फ्रान्सका अन्तर्राष्ट्रिय फरवार्ड पाउल पोग्बा युभेन्ट्सबाट पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन्।

एक साताको छलफलपछि म्यानचेस्टर युनाइटेडले पोग्बासँग  पाँचवर्षे सम्झौता गरेको जनाएको छ । २०१२ मा स्वतन्त्र सरुवा प्रणालीमा क्लब छाडेका पोग्बालाई युनाइटेडले क्लब भिœयाउन ११ करोड ६० लाख डलर तिर्नुपरेको छ । टुरिनमा युभेन्ट्सले पोग्बालाई ११ करोड ६० लाख डलरमा बेचेको बताउँदै उक्त रकम दुई वर्षभित्र तिर्नुपर्ने जनाएकोछ ।

त्यसमा अझै ५०लाख युरो वृद्धिहुनसक्ने र त्यो तत्कालीन अवस्थामा निर्भर हुने भन्दै विस्तृत जानकरी भने दिइएको छैन । पोग्बाको सरुवा रकम ८ करोड ९० लाख पाउन्ड रहेकोछ । यसअघि रियाल मड्रिडले गारेथ बेललाई २०१३ मा ८ करोड ५१ लाखमा सान्टियागो बेर्नाबेउ भिœयाएको थियो । ‘त्यसैले अब पोग्बा खेल इतिहासमा विश्वकै सबैभन्दा महँगा खेलाडी बनेका छन्,’ युभेन्ट्सले जनाएकोछ ।

‘मैले खेलजीवनमा जति उपलब्धि हासिल गर्नुछ त्यसका लागि यो सही क्लब हो । आशा गरौं त्यो पूरा हुनेछ,’ पोग्बाले भने, ‘युनाइटेडसँग पुनः अनुबन्ध हुन पाउँदा खुसी लागेकोछ । यो क्लबका लागि मेरो मुटुमा सदैव विशेष स्थान थियो । म जोजे माउरिन्होसँग काम गर्न साँच्चिकै उत्साही थिएँ ।’

सर एलेक्स फर्गुसनले संन्यास लिएपछि २० पटकको इङ्लिस लिग विजेता युनाइटेड पछिल्लो तीनवर्ष उपाधिविहीन छ । नयाँ अनुबन्धित पोर्चुगिच प्रशिक्षक माउरिन्होलाई फेरि त्यही पुरानो दिन फर्काउनुपर्ने जिम्मेवारीछ । चेल्सीका पूर्व प्रशिक्षक माउरिन्हो पोग्बाको प्रेरणाले युनाइटेडले पुनर्जीवन पाउनेमा विश्वस्त छन् ।

‘उनलाई अबको एक दशक र त्यो भन्दा लामो समयसम्म क्लबमा राज गर्ने मौका छ,’ माउरिन्होले भने, ‘पोग्बा विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् र टोलीका मुख्य खेलाडीका रुपमा हुनेछन् ।मैले उनको भविष्यबारे सोचिरहेकोछु । उनी छरिता, बलिया र गोल गर्न सक्ने क्षमताका खेलाडी हुन् । साथै अन्य खेलाडीले भन्दा राम्रोसँग खेल बुझ्न सक्ने खेलाडी हुन् ।’

पोग्बाले युभेन्टस जानुअघि युवावस्थामा युनाइटेडबाट जम्मा ७ खेल खेलेका थिए । त्यसपछि उनी स्वतन्त्र सरुवा प्रणाली (सरुवा रकम नतिरीकन) इटालियन महारथी युभेन्ट्ससँग अनुबन्ध भए।

युभेन्टसलाई लगातार चार सिरी ‘ए’ उपाधि र फ्रान्सलाई युरो २०१६मा फइनलसम्म डोहो¥याउन महŒवपूर्ण भूमिका खेलेका पोग्बा अहिले विश्वकै सबैभन्दा महँगा खेलाडीमा पुनः युनाइटेड फर्किएका छन्।

जिनेदिन जिदान २००० मा र क्रिस्टियानो रोनाल्डो २००९ मा कीर्तिमानी रकममा रियाल मड्रिड गएपछि युभेन्ट्स र युनाइटेडमा यति ठूलो रकममा खेलाडी स्थानान्तरण भएको यो पहिलो हो ।

फ्रान्सका फरवार्डलाई भिœयाउन युनाइटेडले लामो संघर्ष गर्नुप¥यो भने आफ्नो सम्झौता अल्मलिरहेकोमा पोग्बा पनि निराश बनिसकेका थिए । आफ्नो सम्भावित स्थानान्तरणको बेवास्ता गर्दै पोग्बा अमेरिकामा युरो २०१६ पछिको बिदा मनाइरहेका थिए । उनी सामाजिक सञ्जालमा निस्कृय बनेका थिए ।

‘यो सम्झैता हुन निकै धेरै समय लाग्यो किनकि यो ठूलो निर्णय थियो र यसमा धेरै विचार गरेर काम गर्नुपर्ने थियो । निर्णय पर्खंदा म दिक्क भइसकेको थिएँ,’ पोग्बाले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका थिए, ‘यो धेरै विषय एक वाक्यमा भन्न कठिन हुन्छ तर मेरो भित्री मनले जे भन्यो त्यही निर्णय गरेको हुँ, अरु केही होइन ।’

‘मेरो स्थानान्तरणबारे चासो राखेर मेरो पेजमा म्यासेज गर्नुहुने सबै समर्थकप्रति आभारी छु । मैले सबै म्यासेज पढँे । त्यसमा प्रतिक्रिया दिन नसकेकोमा क्षमाप्रार्थी छु । नैतिक र कानुनी रूपमा मैले बोल्न मिल्दैनथ्यो,’ पोग्बाले थपे ।

ठूलो रकम क्लबबाट बाहिरिएपछि क्लब इतिहासका महान प्रशिक्षक फर्गुसनको निर्णय क्षमतामा प्रश्न उठेकोछ । चार वर्षअघि उनले पोग्बालाई स्वतन्त्र रूपमा जान दिएका थिए।

प्रकाशित: २६ श्रावण २०७३ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App