coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिसोमा राहत स्वरुप कम्बल

पाल्पा – जिल्लाका विपन्न समुदायका लागि चिसोमा राहत स्वरुप कम्बल वितरण सुरु गरिएको छ । बढ्दो चिसोसँगै बगनासकाली गाउँपालिका–७, दैलातुङका बोटे समुदायलाई प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले १३ घरलाई प्रति परिवार २ थान कम्बल वितरण गरेका थिए ।

त्यस्तै जिल्ला प्रशासनले बगनासकाली–६ यम्घाको दर्पुकका अन्य ४५ घर परिवारलाई परिवार संख्या हेरेर सानो परिवारलाई प्रति परिवार १ थान र ठूलो परिवारलाई प्रति परिवार २ थानका दरले ६५ वटा कम्मल वितरण गरिएको छ । कम्बल लिएपछि स्थानीय सुन्दर बोटेले आफहरु चिसोमा रुघा, खोकी, ज्वरो, निमोनिया र दम लगायच रोगबाट पीडित हुनुपरेको गुनासो गरेका थिए ।

प्रकाशित: २४ पुस २०७४ ११:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App