काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास वालकोटमा सुरु भएको छ। बैठकमा नेकपा माओवादी केन्द्रसँग हुने भनिएको एकता र नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।
आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट वार्ता भएको थियो। पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको अवस्थामा दुई नेताले पार्टी एकताको तयारीबारे छलफल गर्न भेट गरेका थिए।
दुई पार्टीले मंगलरबार एकता संयोजन समितिको बैठक बोलाएर एकीकृत पार्टीको बैचारिक र संगठनात्मक संरचना कार्यदल गठन र त्यसको कार्यक्षेत्र तोक्ने तयारी गरेका छन्। यहि तयारीका बीचमा नेकपा एमालेको बैठक बसेको हो। बैठकमा यसबारे पनि छलफल र तयारी हुने जनाइएको छ।
प्रकाशित: २४ पुस २०७४ ११:२७ सोमबार