८ वैशाख २०८१ शनिबार
समाज

युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेविसंघ

काठमाडौं – युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो ।

यस्तै संविधानको भाग ३ को धारा ३३ अनुसार युवा बेरोजगारीलाई बेरोजगार भत्ता दिनुपर्ने, प्राविधिक उच्च शिक्षाको ग्यारेण्टी गर्न एक/एक मेडिकल कलेज, इञ्जिनयर कलेज, कृषि क्याम्पस तत्काल स्थापना गनुपर्नेमा पनि जोड दिइएको छ । नेविसंघले सबै क्याम्पसमा विद्युतीय पुस्तकालयको व्यवस्था हुनुपर्ने, लाभधाङ्कपत्र धितो राखेर सहुलियत ऋण लिन पाउनुपर्ने, प्रत्येक वडामा दुई/ दुईवटा बालविकास केन्द्र स्थापना गर्नुपर्ने, निर्वाचनमा घाइते भएका नेविसंघ केन्द्रीय सदस्य मीरा कटुवालको उपचार तथा क्षतिपूर्ति तत्काल व्यवस्था गर्न माग पनि गरेको छ ।

भेटमा प्रधानमन्त्री देउवाले विद्यार्थीले शिक्षा र स्वास्थ्यको विषयमा राखेको माग जायज भएकाले यसमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेविसंघ नैनसिंह महरले जानकारी दिए। नेविसंघले आफूहरुले राखेको माग सुनुवाइ नभए हस्ताक्षर संकलन, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, धर्ना तथा दबाब र्यालीलगायतका कार्यक्रम गर्ने जनाएको छ ।

प्रकाशित: २४ पुस २०७४ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App