४ वैशाख २०८१ मंगलबार
समाज

ठेकेदारहरुको लापरवाहीले खाद्यन्न संकट

डोल्पा – सरकारले जिम्मा दिएको ठेकेदारहरुले तोकिएको समयमा ढुवानी गर्न नसक्दा डोल्पाको ग्रामीण गाँउहरुमा खाद्यन्न संकट सुरु भएको छ । सरकारले आर्थिक वर्ष ०७४/७५मा डोल्पाको लागि २८ हजार क्वीन्टल खाद्यन्न चामल बिनियोजित गरेको थियो ।

नेपाल खाद्य संस्थानले दुनैमा ४ हजार क्वीन्टल र जुफालमा ३ हजार क्वीन्टल चामल आपुर्ति गर्न टेण्डरमार्फत सिद्धार्थ ढुवानी, जयदुर्गे ढुवानी र बिसी ढुवानी सेवालाइ जिम्मा दिएको थियो । माघी पर्व नजिकिदैं गर्दा तत्काल चामल आपुर्ति गर्न ठेकेदारहरुलाई दवाव स्वरुप नेपाल खाद्य संस्थान डोल्पाले पत्राचार गरेको जानकारी लेखापाल रणबहादुर एैडीले गराए । ‘भदौ ५० प्रतिशत चामल ढुवानी भइसक्नुपर्ने थियो । ठेकेदारहरुको लापरवाहीको कारण खाद्यन्य संकट सुरु भइसक्यो,’उनले भने ।

नेपाली सेनाले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ र ९ मा पर्ने सिउडेनी धाउने र सिरबिण्डे सडक खण्डको चटाने भीर बिष्फोट गराएका कारण ढुवानीमा समस्या आएको जानकारी ठेकेदारहरुले गराएका छन् ।
                                       

प्रकाशित: २४ पुस २०७४ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App