७ वैशाख २०८१ शुक्रबार
समाज

बाजुराका स्वास्थ्य संस्थामा औषधिको अभाव

बाजुरा– बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधि स्थानीय तहले रकम उपलब्ध गराउन नसक्दा औषधिको अभाव देखिएको स्वास्थ्य संस्थाले जनाएका छन । अहिले स्वास्थ्य संस्थामा सिटामोलसमेत पाउन छाडेको छ । 

‘स्थानीय तहमा हस्तान्तरण हुनुभन्दा अघि औषधि समयमै आउने गरेको थियो, काम गर्न सहजता थियो, अहिले अन्योल भएको छ’ बूढीगंगा स्वास्थ्य चौकीका प्रमुख ललिता रोकायाले भन्नुभयो । 

स्वास्थ्य मन्त्रालयको निर्देशनमा बाजुराका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भइसकेका छन् । 

स्थानीय तहमा हस्तान्तरण भइसकेपछि सम्बन्धित नगरपालिका र गाउँपालिकाले यसको जिम्मेवारी लिनुपर्छ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.रुपचन्द्र विश्वकर्माले भन्नुभयो– ‘जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहको जिम्मेवारी सम्बन्धमा सरकारले प्रष्ट पारिदिएमा स्वास्थ्यकर्मीलाई काम गर्न सजिलो हुन्छ ।’ 

जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । जिल्लामा जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र २६ स्वास्थ्य संस्था छन् । यी स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका गाउँमा सामुदायिक स्वास्थ्य एकाइ केन्द्रसमेत स्थापना भएका छन् ।  (रासस)

प्रकाशित: २४ पुस २०७४ ०८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App