coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजधानी माग्दै गरिएको जुम्लाकोे आन्दोलन स्थगित

जुम्ला- ६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग गर्दै एक साता देखि शुरु भएको आन्दोलन केहि दिनका  लागि रोकिएको छ।  सरकारले तत्काल अस्थायी राजधानी नतोक्ने निर्णय गरिसकेकोले ६ नम्वर प्रदेश सभा सदस्यहरु संग अनौपचारीक रुपमा वकालत गर्ने निर्णय सहित आन्दोलन स्थगित भएको नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले जानकारी दिए।

जुम्लामा  पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक समाज जुम्लाले अब आन्दोलनका कार्यक्रम राजधानी केन्द्रित हुने जनाएको हो। प्रेश विज्ञाप्ती जारी गर्दै नागरिक समाज जुम्लाले यो समयसम्म कर्णालीका पक्षमा थालिएको आन्दोलनका क्रममा साथ सहयोग दिने सबैलाई धन्यावाद ज्ञापन गरिएको छ।

 बहुमतिय आधारमा कर्णालीमा राजधानी नराख्ने षडयन्त्र भएमा आन्दोलन जतिखेर पनि शुरु हुने सचिव शाहीले बताए। उनले भने, कर्णाली आन्दोलनलाई निष्कर्षमा पुरयाउनका लागि सवैको साथ सहयोग रहने अपेक्षा गरिएको छ। कर्णालीमा राजधानी हुनु पर्ने मागका पक्षमा वकालत गर्न सवै सरोकारवाला निकायालाई अपिल गरिएको छ। पिछडिएको क्षेत्रको  वैज्ञानिक रुपमा संवोधनका लागि भुगोलको आधारमा निर्वाचन क्षेत्र  थप्न गर्न माग समेत गरिएको छ।

यसअघि जुम्लामा विरोध प्रदर्शन, राँके जुलुस, सिठ्ठी जुलुस, मोटरसाईकल रयाली लगायतका दवाव मुलक कार्यक्रम भईसकेका थिए। कर्णालीवासीलाई विभिन्न बहानामा सदियौ देखिको केन्द्रियताले गरेको उत्पिडनले पछाडी परेको स्मरण गर्दै नेपालको परिवर्तनमा पछिल्लो समयमा संघीयतामा कर्णालीलाई प्रादेशिक संरचनामा समेत उत्पिडनमा पार्ने षडयन्त्र भएकोमा गम्भीरध्यानाकर्षण भएको जनाएको छ।

 

प्रकाशित: २४ पुस २०७४ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App