१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैलालीमा बसको ठक्करबाट एकको ज्यान गयो

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका–१ मा बसको ठक्करबाट आज बिहान एकजनाको ज्यान गएको छ । 

काठमाडौँबाट धनगढीतर्फ गहिरहेको ना ५ ख ७६९२ नंको सुदूरपश्चिम यातायातकोे बसको ठक्करबाट लम्कीचुहा नगरपालिका वडा नं १ भुरुवाकी २५ वर्षीया धउली खनालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । बाटो काट्ने क्रममा खनाललाई  तीव्र गतिमा आइरहेको बसले ठक्कर दिएको थियो । 

प्रहरीले बस र चालकलाई नियन्त्रण लिएकोे छ । (रासस)

 

प्रकाशित: २४ पुस २०७४ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App