खप्तड गोल्डकपमा थ्रिस्टार र झापा ११ भिड्दै

सोमबार, २४ पुष २०७४, १३ : १७ नागरिक

कैलाली – कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज थ्रिस्टार क्लब काठमाडौं र मोफसलको टोली झापा ११ बिच प्रतिस्पर्धा हुँदैछ । 

खेल धनगढी रंगशालामा दिउँसो साढे २ बजे पछी सुरु हुँनेछ । पछिल्लो १ बर्षयता कुनैपनि प्रतियोगितामा सहभागिता नजनाएको थ्रिस्टार आज उच्च मनोवलका साथ मैदान उत्रदैछ । यता मोफसलको सर्वाधिक सफल टोली झापा पनि थ्रिस्टारलाई कडा चुनौति दिने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ । 

थ्रिस्टारमा विक्रम लामा, बिमल घर्तीमगर, अनन्त तामाङ, बिजय धिमाल, रजिन धिमाल, एलन न्यैपाने लगायतका खेलाडी रहेका छन भने झापामा योगेश गुरुङ, कर्ण लिम्बु, देवेन्द्र तामाङ, विशाल राई, किशोर गिरी, दिलेन लोक्ताम लगायतका खेलाडी रहेकाले आजको खेल निकै रोमाञ्चक हुँने अनुमान गरिएको छ ।  

प्रतियोगितामा हिजो भएको खेलमा धरान फुटबल क्लवलाई सडन डेथमा पराजित गर्दै संकटा क्लव काठमाडौं क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

१२ ओटा टिमको सहभागिता रहेकोे प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

 

 

 








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad