४ वैशाख २०८१ मंगलबार
खेल

कौटिन्होको ठाउँमा नयाँ खेलाडी ल्याउन सुझाव

लन्डन – इङलिस प्रिमियर लिगको टोली लिभरपुलका पूर्व स्ट्राइकर जोन एल्ड्रिगेले तत्काल फिलिप कौटिन्होको बर्हिगमनबाट खाली भएको ठाउँ पूर्नपर्ने बताएका छन् । २५ वर्षे कौटिन्हो शनिबार १६ करोड युरोमा स्पेनिस ला लिगाको क्लब बार्सिलोना गएका थिए ।

‘कौटिन्हो उत्कृष्ट खेलाडी हुन् । उनको बार्सिलोना सरुवालाई मैले आश्यर्चका रुपमा नलिए पनि उनले क्लब छोड्दा दुखित छु,’ एल्ड्रिगेले भने, ‘क्लबले रक्षक भर्जिल भान डिजिकलाई कीर्तिमानी ७ करोड ५० लाख युरोमा अनुबन्धन गरेको छ । यसले हाम्रो रक्षापंक्ति मजबुत पारे पनि कौटिन्होको बर्हिगमनले क्लबलाई केही दबाबमा पार्छ । त्यसैले हामीले तत्त्काल उनको स्थानमा अर्का मिडफिल्डरलाई भित्रयाउन आवश्यक छ  ।’

इङल्यान्डका संचार माध्यमले कौटिन्होको स्थानमा लिभरपुलले लेस्टर सिटीबाट रियाद माहरेजलाई भित्रयाउने प्रक्रिया सुरु गरेको उल्लेख गरेका छन् ।

एल्ड्रीगेले माहरेज उत्कृष्ट खेलाडी भएकाले उनीसँगको सम्झौता पक्रिया अघि बढाउनु पर्ने बताए ।
‘माहरेज कौटिन्होको स्थान लिन सक्ने खेलाडी हुन्,’ उनले भने, ‘उनीसँग प्रिमियर लिगमा खेलेको अनुभव पनि छ र उनले आफूलाई प्रमाणित पनि गरेका छन् ।’

लेस्टरले सन् २०१६ मा प्रिमियर लिगको उपाधि जित्दा माहरेज टोलीका प्रमूख सदस्य थिए ।
कौटिन्होको बहिर्गमन लिभरपुलका लागि ठूलो चुनौती बन्नेछ । उनले पछिल्लो ७ लिग खेलमा ६ गोल गर्दै लयमा फर्केको संकेत गरेका थिए । कौटिन्हो सन् २०१३ मा इन्टर मिलानबाट ८ करोड ५० लाख युरोमा लिभरपुलसँग आबद्ध भएका थिए ।

बार्सिलोनाले ब्राजिली स्ट्राइकर नेइमारलाई विश्व कीीर्तमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पएसजी) मा बेचेपछि सिजनको सुरुमै कौटिन्होलाई भित्रयाउने प्रयास गरेको थियो । तर त्यतिबेला लिभरपुलले बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको थियो । 

 

प्रकाशित: २४ पुस २०७४ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App