४ वैशाख २०८१ मंगलबार
कला

‘लेडी बर्ड’लाई समीक्षक अवार्ड

फिल्म ‘लेडी बर्ड’को एक दृश्यमा अभिनेत्री साओर्से रोनान र लुकास हेज ।

लसएञ्जल्स – हलिउड फिल्म ‘लेडी बर्ड’ले शनिबार ‘उत्कृष्ट निर्देशक’ सहित चार विधामा अवार्ड जितेको छ । हलिउडका फिल्म समीक्षकहरूको संस्था नेसनल सोसाइटी अफ फिल्म क्रिटिक्सले गत शनिबार आयोजना गरेको कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक ग्रेटा गरविगले ‘निर्देशक’ र ‘पटकथा’ तथा लौरी मेटकाल्फले ‘सह–कलाकार’ विधाको अवार्ड सुरक्षित गरेका छन् ।

‘द सेप अफ वाटर’ र ‘माउडाइ’ बाट नायिका सेली हकिन्सले ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पाइन् । यो विधामा ‘लेडी बर्ड’बाट साओर्से रोनान, ‘ए क्वाइट पेसन’बाट सिन्थिया निक्सन र ‘थ्री बिलबोर्डस् आउटसाइट इबिङ, मिसौरी’ बाट फ्रान्सेस म्याकडोमान्ड पनि मनोनयनमा थिए ।

अभिनेता डेनियल कालुयाले फिल्म ‘गेट आउट’बाट ‘उत्कृष्ट अभिनेता’ को अवार्ड पाउँदा फिल्म ‘द फ्लोरिडा प्रोजक्ट’का लागि विलेम डाफोइले पुरुष तर्फको ‘सह–कलाकार’को अवार्ड थापेका थिए । ‘उत्कृष्ट अभिनेताको विधामा ‘फेन्टम थ्रेड’बाट डेनियल डे लेविस र ‘कल मि बाइ योएर नेम’बाट टिमोथी चालमेटलाई प्रतिस्पर्धी मानिएको थियो । ‘सहायक कलाकारको’ विधामा ‘कल मी बाइ योएर नेम’, ‘द सेप अफ वाटर’ र ‘द पोस्ट’ बाट माइकल स्टुलबर्ग र ‘थ्री बिलबोर्डस् आउटसाइड इबिङ, मिजौरी’बाट साम रकवेल पनि मनोनयनमा थिए ।

अभिनेत्री लाउरी मेटकाल्फले फिल्म ‘लेडी बर्ड’का लागि ‘सह अभिनेत्री’को अवार्ड जित्दा यो विधामा ‘फेन्टम थ्रेड’बाट लेसले मेनभिले र ‘आइ टोन्या’बाट एलिसोन जाने मनोनयनमा थिए । त्यस्तै ‘उत्कृष्ट निर्देशक’ विधामा ‘फेन्टम थ्रेड’बाट पल थोमस एन्डर्सन र ‘गेट आउट’बाट जोर्डन पेले पनि मनोनयनमा थिए ।

अवार्डमा फिल्म ‘ब्लेड रनर २०४९’का लागि रोजर डिकिन्सले ‘छायांकन’, ‘ग्राजुएसन’ले ‘विदेशी भाषाको फिल्म’, ‘फेस प्लेस’ले ‘नन फिक्सन फिल्म’, अनिज्का हल्यान्डको फिल्म ‘स्पोर’ले ‘स्पेसल साइटेसन फर ए फिल्म अवेटिङ युएस डिस्ट्रिब्युसन’, बेन रसेलको ‘गुडलक’ले ‘बेस्ट एक्सपेरिमेन्टल फिल्म’, बामसिनेमाटेकको ‘वान वे अर अनोदरः ब्ल्याक वुमन्स सिनेमा १९७०–१९९१’ले र ड्यान टलबोटले संसारभरका फिल्म अमेरिकासम्म ल्याइपु¥याएको भन्दै ‘फिल्म हेरिटेज अवार्ड’ पाए ।

न्यूर्योकको फिल्म सोसाइटी अफ लिकर सेन्टरमा भएको क्रिटिक्सका अध्यक्ष जस्टिन चाङले विजेताको घोषणा गरेका थिए ।
गत वर्ष बेरी जेन्किन्स निर्देशित फिल्म ‘मुनलाइट’ले ‘बेस्ट पिक्चर’सहित चार अवार्ड जितेको थियो । सन् १९६६ मा स्थापना भएको संस्थामा लस एञ्जल्स टाइम्सका चाङ अहिले अध्यक्ष छन् । उनीबाहेक संस्थामा द वाल स्ट्रिट जर्नल, द न्यूर्योकर, द भिलेज भ्वाइस, द क्रिस्टियन साइन्स मोनिटर र एनपीआरका सदस्य छन् ।

भोटिङबाट सुरु गरिएको अवार्ड संस्थाका संस्थापक सदस्य रिचार्ड सिकेललाई समर्पित गरिएको थियो । उनको गत वर्ष फेब्रुअरीमा निधन भएको थियो ।
 

 

प्रकाशित: २४ पुस २०७४ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App