८ वैशाख २०८१ शनिबार
कला

रहेनन् ‘लगान’का इश्वर काका

मुम्बई – बलिउड अभिनेता आमिर खानको फिल्म ‘लगान’मा इश्वर काकाको भूमिकामा अभिनय गर्ने कलाकार श्रीवल्लभ व्यासको जयपुरमा निधन भएको छ । श्रीवल्लभ कैयौं वर्षदेखि उच्च रक्तचापबाट पीडित थिए । उनलाई प्यारालाइसिस पनि भएको थियो । लामो समयदेखि अस्वस्थ रहेका उनले आइतबार जयपुरमा अन्तिम सास फेरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी दुई वर्षदेखि पत्नी र बच्चाका साथ जयपुरमा बस्दै आएका थिए । श्रीवल्लभले करिब ५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले कैयौं टेलिभिजन सिरियलमा पनि अभिनय कला देखाइसकेका छन् ।
थिएटरमा पनि सक्रिय उनले गैर हिन्दी फिल्ममा पनि काम गरेका थिए ।

सन् २००८ मा स्वास्थ्यमा समस्या आएपछि उनले अभिनयबाट विश्राम लिएका थिए । उनले केतन मेहताको फिल्म ‘सरदार’ मा मोहम्मद अली जिन्नाहको भूमिका निर्वाह गरेका थिए । जुन भूमिकाबाट उनले राम्रो तारिफ पनि पाए ।

 

प्रकाशित: २४ पुस २०७४ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App