coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अरनिको स्मृति पुरस्कार प्रदान

काठमाडौं– नेपाल कमर्सियसल आर्टिष्ट संघको स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनिकोका स्मृति दिवसका अवसरमा विभिन्न कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा ‘क्यान कला पुरस्कार २०७४’ बाट सुरेश द्यःलालाई प्रदान गरिएको छ । अरनिकोको पूर्णकदको प्रतिमा ट्रफिसहित उनलाई ५ हजार १ सय १ राशिको पुरस्कार प्रदान गरियो ।

त्यस्तै हेमगंगा युवा कला प्रतिभा पुरस्कार २०७४ बाट कलाकार केशवराज खनाल पुरस्कृत भए । पुरस्कारको राशि १० हजार १ सय १ रुपैयाँ रहेको थियो । त्यसैगरी १० हजार १ सय १ राशिको हेमगंगा महिला कला प्रतिभा पुरस्कार २०७४ बाट भने प्राज्ञ सुस्मा राजभण्डारीलाई प्रदान गरिएको छ ।

पाँच हजार नगद राशिको ‘क्यान आइडियल कला अवार्ड २०७४’ बाट ज्ञानेश्वर उदय पुरस्कृत भए । यसैगरी, १० हजार नगद राशिको ‘शिवाता प्रतिभा पुरस्कार २०७४’ बाट फोटोग्राफीका विद्यार्थी सुजान श्रेष्ठलाई प्रदान गरिएको छ । सो पुरस्कार ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले आफ्नी स्वर्गिय छोरी शिवाता ग्रेलाको स्मृतिमा स्थापना गरेकी हुन् ।

त्यसैगरी, ७७ वर्षीय कलाकार चन्द्रमणि दाहाल तथा ७१ वर्षीय कलाकार यादवचन्द्र भुर्तेललाई कला सम्मान प्रदान गरिएको छ । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशी, ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय लगायतका अतिथिहरूले संयुक्त रूपमा पुरस्कार तथा सम्मानपत्र वितरण गरेका थिए । संस्कृतिविद् जोशीले अरनिकोको कलाको संरक्षण र सम्बद्र्धनसँगै उनको कलाका बारेमा थप खोज अनुसन्धान हुन जरुरी रहेको औंल्याए ।

 

प्रकाशित: २४ पुस २०७४ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App