१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अनसनरत नेविसंघ नेताकाे स्थिति गम्भीर, स्लाइनपानी चढ्न छोड्यो

अनसनरत गणेश सापकाेटा। फाइल तस्विर: कृष्ण ढुंगाना

काठमाडौं—विधिवत महाधिवेशनको माग गर्दै ११ दिनदेखि अनसनरत नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र रामेछापका पूर्व जिल्ला उपाध्यक्ष रत्नहरि ढुंगेलको स्वास्थ्य गम्भीर भएको छ। शरीरमा स्लाइनपानी चढ्न छोडेको छ भने पिशाब फेर्न समस्या भइरहेको छ।

‘स्लाइनपानी चढ्न बन्द भएपछि र शरीर अप्राकृतिक रुपमा काम्न थालेपछि डाक्टरले ओम अस्पताल रेफर गरेका छन्’, नेविसंघ विद्यार्थी नेता सुशील भट्टले नागरिकन्युजसँग भने, ‘डाक्टरले आइसुयीमा राख्न सिफारिश गरेका छन्।’
६ दिनसम्म रिले अनसन बसेपछि उनीहरुले आमरण अनसन सुरु गरेका थिए। ८ औं दिन शनिबार स्वास्थ्यस्थिति नाजुक भएपछि दुवै जनालाई काठमाडौं मोडल अस्पतालको एमेर्जन्सीमा भर्ना गरिएको थियो।

विधान विपरीत ल्याइएका प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्ने माग उनीहरूले गर्दै आएका छन्।

आइतबार नेविसंघ महाधिवेशन सुरु हुनुअघि नेपाली कांग्रेसका सभापति मोडल अस्पताल पुगेर दुवै जनासँग भेट गरेका थिए। पार्टी सभापतिसमक्ष उनीहरुले आफूहरुका माग जायज भए पूरा गर्नुपर्ने माग राखेका थिए। जवाफमा देउवाले मागहरु जायज रहेको र माग पूरा गर्न कटिबद्ध रहेको बताएका थिए। पार्टी सभापतिले देउवाले अनसनकारीका माग सम्बोधन गर्न महाधिवेशन निर्देशन समितिका पदाधिकारीलाई निर्देशन दिएका थिए। सहमति खोज्न महाधिवेशनको बन्दसत्र सोमबारदेखि मंगलबार २ बजेसम्म स्थगित गरिएको थियो।

बरिष्ठ नेता रामचन्द्र पौडेलले विवाद अन्त्य नगरी भागबण्डा गर्नुपर्ने अड्डी कसेपछि सहमति खोज्न आइतबारका लागि तय भएको बन्दसत्र सोमबार २ बजेसम्मका लागि स्थगित गरिएको थियो।

भागबण्डामा जाने कुराको विरोधमा अध्यक्षका प्रत्यासी कुन्दन काफ्ले समूहले मुलुकभरिका नेविसंघ महाधिवेशन प्रतिनिधि सहभागी गराएर मंगलबार बन्दसत्र हल बाहिर प्रदर्शन गरेको थियो।

प्रकाशित: २५ श्रावण २०७३ १५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App