coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागीमा परी एकको मृत्यु

जुम्ला- चन्दननाथ नगरपालिका ४ मालाभीड गाउँमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। घर नजिकैको शौचालयमा राखिएको दाउरा र पिरलमा आगलागी हुँदा ४२ वर्षका लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु भएको हो।

उपाध्याय शौचालय गएको समयमा एक्कसी आगलागी भई शौचालय बाहिर आउन नअपाई मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको  छ।

प्रहरी निरीक्षक चुडामणि पुनका अनुसार आगो नियन्त्रणमा लिइसके पछि शौचालयमा हेर्दा मृतक उपाध्याय भेटिएका हुन्। आगलागीबारे अनुसन्धान भइरहेको उनले बताए। प्रहरी,स्थानीय र नेपाली सेनाको प्रयासमा आगो नियन्त्रणमा आएको हो।

प्रकाशित: २४ पुस २०७४ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App