coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रुपन्देही बन्द फिर्ता

बुटवल – युवा व्यवसायी वसन्त पौडेल ‘बलु’को हत्याको विरोधमा दुई दिनदेखिको रुपन्देही बन्द आइतबार बेलुकीबाट फिर्ता भएको छ।

नेकपा एमाले निकट युवा संघ तथा अनेरास्ववियूले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चितकालीन रुपन्देही बन्दको आह्वान गरेका थिए।

पीडित पक्ष, आन्दोलकारी संगठन र स्थानीय प्रशासनसहितको सर्वपक्षीय छलफलमा छबुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको युवा संघ रुपन्देहीका अध्यक्ष नहकुल शाही र अनेरास्ववियू रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

विज्ञप्तिमा जिल्ला प्रशासन र राजनीतिक दललगायत सम्बद्ध पक्षसँग भएको वार्ता र संवाद सकारात्मक भएको सन्दर्भमा हाललाई बन्दसहित सबै आन्दोलनका कार्यक्रम स्थगन गरिएको जनाइएको छ।

अपराधीलाई अविलम्ब पक्राउ, स्व दुर्गा तिवारी र स्व वसन्त पौडेललाई शहिद घोषणा, राहत र सुरक्षा संरचनाको थपलगायत सहमति कार्यान्वयन गर्ने आश्वासन दिइएको छ।

व्यवसायी पौडेलको शुक्रबार बिहान करिब ११ बजे देवदह–२ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसिरहेका बेला गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुईजनाले उनीमाथि गोली प्रहार गरेका थिए।

घटना लगत्तै यसअघि सोही स्थानमै हत्या भएका युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य आरोपी मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका थिए।

संवेदनशील घटना भन्दै प्रहरीले अनुसन्धानका लागि केन्दीय अनुसन्धान तथा र संघीय इकाइ कार्यालय भैरहवाबाट छुटाछुट्टै टोली बनाएर अनुसन्धान थालेको छ। टोलीले एक साताभित्र घटनाबारे अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्ने छ।

प्रकाशित: २३ पुस २०७४ १६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App