coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हाम्रो घरको पल्लो पट्टी बस्छन् एउटा मैना जोडी... (भिडियो)

काठमाडौं– हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई मैना जोडीको रुपमा चित्रित गर्दै कतारमा रहेका साई उज्जवल कोइरालाले गाएका छन्।

सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण गरिरहेका उनीहरु कतार पुगेका बेला मैना बालक कोइरालासँग म्युजिक भिडियोमा अभिनय गरेका हुन्। कतारमा रहेका ११ वर्षीय साई उज्जवल कोइरालाले धुर्मुस सुन्तलीलाई मैना जोडीको उपमा दिँदै गीत गाएर भिडियोमा समेत अभिनय गराएका छन्।

टंक बुढाथोकीको शब्द, संगीत रहेको गीतलाई साई उज्जवलकै बुवा आमा प्रकाश कोइराला र सरीता कोइरालाले निर्देशन गरेका हुन्। कोइराला परिवारले युरोप भ्रमण रद्द गरेर करिब ६ लाख रुपैयाँ गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि सहयोग गरेको थियो।

युरोप भ्रमण जाने सोच थियो। तर, छोराले धुर्मुस सुन्तलीको कामबारे थाहा पाएपछि उनीहरुलाई सहयोग गर्न आग्रह गर्यो,’ साई उज्जवका बुवा प्रकाश कोइरालाले बताए। बस्ती निर्माणका लागि सहयोग गरेपछि अझै नजिक भइयो र कतार आएको मौका पारी धुर्मुस सुन्तलीलाई मैना जोडी बनाएको उनले बताएका छन्।

कोइराला परिवारले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि आवश्यक माक्स, पन्जालगायतका सामग्री पनि सहयोग गरेका छन्।

भिडियो

प्रकाशित: २५ श्रावण २०७३ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App