८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनमा दुई जहाज ठोक्किदा ३२ वेपत्ता

बेइजिङ – चीनको पूर्वी तटमा दुई जहाज एकआपसमा ठोक्किदा ३२ जना वेपत्ता भएका छन्। पनामा सूचीकृत एक तेल ट्यांकरमा आगो लागेको छ।

इरानबाट १ लाख ३६ हजार टन इन्धन बोकेर आएको पनामा–पंजीकृत पोत सांघाई राज्यअन्तर्गत पर्ने पूर्वी तटिय क्षेत्रमा ठोक्किदा साँची नामक ट्यांकरमा आगो लागेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ यातायात मन्त्रालयले वेपत्ता हुनेमा चालक दलका सदस्य ३० इरानी र २ बंगलादेशी रहेको जानकारी दिएको छ। २१ जनालाई भने सकुशल उद्दार गरिएको छ।

यो दुर्घटना सांघाई तटको करिब १६० समुद्री माइलको आसपास भएको थियो। हराइरहेकाहरुको खोजी तथा उद्दारमा ८ चिनियाँ सैनिक जहाज खटाइएको छ।

चिनियाँ यातायात मन्त्रालयका अनुसार अमेरिकाबाट खाद्यान्न बोकेर आएको अर्काे मालबाहक जहाजलाई भने चिनियाँ चालक दलले बचाउन सफल भएका छन्।

प्रकाशित: २३ पुस २०७४ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App