coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

पोखरा – सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन्। 

हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेकामा पोखरा हार्डवेयर एशोसिएसनले विरोध जनाएको हो। 

दश दिनदेखि नेपालभरिका कम्पनीले बिनाकारण र बिनाआधार पिपिसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा रु १००, ओपिसी सिमेन्टमा रु १२० र फलामे छडमा प्रतिकिलोग्राम रु १३ मूल्य वृद्धि गर्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको एशोसिएसनका अध्यक्ष राजेशकुमार गुप्ताले बताए। 

व्यवसायमाथि नै उद्योग कम्पनीले एकाएक थेग्न नसक्ने गरी सामानको मूल्य बढाएको देख्दा हामी अचम्म भएका छौँ, “एशोसिएसनका अध्यक्ष गुप्ताले भने।” 

अनावश्यक र कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउँदा व्यवसाय नियमित रुपमा सञ्चालन गर्न नसक्ने र मूल्य वृद्धिबाट जिल्लामा रहेका २२० हार्डवेयर व्यवसायी आन्दोलित र आफ्ना व्यवसाय बन्द गर्नुपर्नेसम्मको अवस्था भएको बताइएको छ। 

सम्बन्धित कम्पनीसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बिनाकारणको मूल्य वृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको हुँदा यसले पारेको समस्याप्रति गम्भीर हुन पनि सरोकारवालासँग अनुरोध गरिएको छ। 

प्रकाशित: २३ पुस २०७४ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App