७ वैशाख २०८१ शुक्रबार
समाज

जाजरकोट अस्पतालमा औषधीको अभाव

जाजरकोट- चिसोका कारण जिल्लाका विभिन्न भागमा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला जाजरकोट अस्पतालमा भने औषधीको अभाव भएको  छ। जिल्ला अस्पतालमा  औषधी अभाव भएपछि विरामीहरुले  पाउने निशुल्क  औषधी  पाउन छोडेका छन्।  चिसो बढ्दै गएको  र  रुघा खोकी तथा   मौसमी रोगका विरामीहरु उपचारका लागि अस्पतालमा आउने क्रम बढेको  भएपनि  औषधी अभाव हुँदा  समस्या परेको  छ।

अस्पतालबाट निशुल्क वितरण गरिने औषधी पुरै सकिएको  र किनेर लिन मिल्ने गरि  अस्पतालको फारमेसीमा राखिएको औषधी पनि  सकिदै गएको   अस्पतालका निमित्त प्रमुख  भुपेन्द्रप्रकाश मल्लले बताए। उनले   अस्पतालले चलाएको फार्मेसीमा समेत औषधी नपाएर विरामी  फर्कने गरेको बताए।

 अस्पताल ५० सैयामा  स्तरोन्नति भएपछि निशुल्क औषधी दिन नमिल्ने  र  फार्मेसीमा राखिएको औषधी पनि सकिएपछि विरामीलाई समस्या परेको बताए। मल्लका अनुसार  अस्पतालमा अत्यावस्यक औषधीहरु समेत सकिदै गएको   छ । अस्पतालको  आन्तरिक श्रोत र  जनस्वास्थ्य कार्यालयले दिएको  औषधी सकिएको  डाक्टरहरुको भनाइ छ। पहिलेको  मौज्दात औषधी  राखेर अहिले सम्म  विरामीलाई केहि मात्रामा निशुल्क वितरण गरिएको  उनको भनाइ छ।

विभिन्न रोगका विरामीहरु  ठूलो संख्यामा जचाउन आउने र विरामी सैयामा पनि  विरामीहरु वढ्न थालेपनि  औषधी सकिएको  डाक्टर भुपेन्द्रले बताए। गत डेढ महिना देखि  जिल्ला अस्पताल प्रमुख विहिन हुँदा  औषधी आपुर्ति लगाएतका  काममा समस्या परेको उनको भनाइ छ। अस्पतालकी प्रमुख  डाक्टर चाँदनी जैसवाल डेढ महिना अघि  काज सरुवा गरेर  मन्त्रालयमा  गएपछि जिल्ला अस्पताल प्रमुख विहिन भएको छ।  आधिकारीक रुपमा  प्रमुखको जिम्मा कसैले नपाएको  र  आफु  निमित्तको पनि निमित्त भएर काम चलाइरहेको  मल्लले बताए।   सरकारले दुई वर्ष अघि जाजरकोट अस्पताललाई ५० शैयामा स्तरोन्नति गरेपनि  विशेषज्ञ जनशक्ति र  पूर्वाधार तथा  पर्याप्त औषधीको व्यवस्था गर्न नसक्दा अस्पताल नै विरामी अवस्थामा पुगेको  स्वास्थ्यकर्मीहरुको  भनाइ छ।

प्रकाशित: २३ पुस २०७४ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App