coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आइओएमका बर्खास्त डिन शर्मालाई पदमा फर्कन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम )का बर्खास्त डिन शशी शर्मालाई पदमा फर्कन आदेश दिएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज रिट जारी गर्दै निर्देशनात्मक आदेश गरेको हो। कार्यकाल सकिन ६ दिन बाँकी रहेको बेला सर्वोच्चको आदेशसँगै शर्मा पुनःवहाली हुन पाउने भएका हुन्।

चारवर्षअघि मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहितको मन्त्रीपरिषद् वैठकले २४ घन्टे अल्मिेटम दिएपछि शर्मालाई हटाइएको थियो। २०७० माघ ८ मा डिनबाट बर्खास्त भएपछि शर्मा फागुन १ मा सर्वोच्च पुगेका थिए। डा. गोविन्द केसीको आन्दोलन पछि उनलाई डिनबाट हटाइएको थियो। गत वर्ष फागुन १ मा सर्वोच्च पुगेका शर्माको रिटमाथि तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीले अन्तरिम आदेश नहुने आदेश दिएकी थिइन्।

 

प्रकाशित: २३ पुस २०७४ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App