६ वैशाख २०८१ बिहीबार
समाज

विद्यार्थीलाई पोशाक तथा जुत्ता प्रदान

काठमाडौं—नेपाल लायन्स क्लब स्थापना दिवसको उपलक्ष्यमा मंगलवार राजधानीको गोकर्णेश्वर नगरपालिकामा रहेको जोरपाटी लायन्स एकेडेमीमा अध्ययनरत १ सय ८७ जना विद्यार्थीहरुलाई पोशाक तथा जुत्ता वितरण गरिएको छ।

एकेडेमीमा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानका डिस्ट्रिक्ट गभर्नर कुमारराज सुवेदीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो।

गोकर्णेश्वर नगरपालिका तथा युनिसेफको सहयोगमा विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको हो। कार्यक्रममा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर अनन्त भेटवाल, क्याबिनेट टे«जरर धनप्रसाद लामिछाने, लायन्स क्लब अफ काठमाडौं जोरपाटीका अध्यक्ष होमकान्त चौालागाई, गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया, प्रशासकीय अधिकृत भूपेन्द्र बोहरा लगायतको उपस्थिति थियो।

कार्यक्रममा वक्ताहरुले विपन्न वर्गका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी लायन्स क्लबले प्रशंसनीय काम गरेको बताएका थिए। लायन्स क्लब अफ काठमाडौं जोरपाटीले संचलान गरिरहेको जोरपाटी लायन्स एकेडेमीमा अधिकांश विपन्न वर्गका विद्यार्थी पूर्ण छात्रवृत्तिमा तथा अन्य अत्यन्त न्यून शुल्कमा अध्ययनरत छन्।

प्रकाशित: २५ श्रावण २०७३ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App