तीन कमाण्डर सहित आइएसका २० जना लडाकू मारिए

आइतबार, २३ पुष २०७४, १२ : ३२ एजेन्सी

फराह –अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा अफगान सेनाको नेतृत्वमा रहेको यहाँको संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परी यहाँका स्थानीय कमाण्डरसहित २० जनाको ज्यान गएको छ। 

प्राप्त समाचारअनुसार संयुक्त सुरक्षा फौजको कारबाहीमा परी स्थनीय तीन जना कमाण्डरसहित २० जना इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका छन्। 

अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ। शनिबार अपरान्ह् ती लडाकू मारिएका भए पनि अफगान रक्षा मन्त्रालयले सो कारबाहीको जानकारी आइतबार प्रकाशन गरेको विज्ञप्तिमार्फत दिएको छ। 

मारिएकाहरुमध्ये यहाँका स्थानीय स्तरका तीनजना आइएसका कमाण्डर नै रहेका रक्षा मन्त्रालयलाई उद्धृतगर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। 

पश्चिमी प्रान्त फराहमा लुकेर बसेका लडाकूहरुलाई लक्ष्यगरी शनिबार गरिएको कारबाहीका क्रममा उनीहरु मारिएको सो विज्ञप्तिमार्फत जानकारी दिइएको छ। 

सो कारबाहीका क्रममा त्यहाँका सशस्त्र हतियारधारीहरुले प्रयोग गरिरहेका केही सवारी साधन र हातहतियार पनि बरामद गरिएको सो समाचारमा जनाइएको छ। 

उता शुक्रबार अबेर राती भएको आक्रमणमा लघमान प्रान्तमा पनि स्थानीय स्तरका एकजना कमाण्डरसहित २० जना मारिएका अफगान सेनाको पुर्वी क्षेत्रका एकजना प्रवक्ता सिरिन अक्वा फाक्विरीले जानकारी दिएका थिए। 

उनका अनुसार आक्रमणमा परी मारिनेमा मावलावी तुराब र मुसा खान नामका दुई जना कमाण्डर लडाकू पनि रहेका छन्। उनीहरुले सो क्षेत्रमा आइएस संगठनको नेतृत्व गर्दै आएका बताइएको छ। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad