१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुरका उडान ठप्प, सडक मार्गबाट काडमाडौं फर्किए दाहाल

चितवन– मौसम चिसो हुँदै बाक्लो कुहिरो लागेका कारण भरतपुर विमान स्थलमा जाहाजहरु आउन जान सकेका छैनन् । हिजो शनिबार कुनै पनि उडान हुन सकेनन् । आज आइतबार बिहान पनि उडानहरु हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ । आज मौसम सुधार हुने सम्भावना रहेका कारण केही उडान हुने आशा भने कायमै रहेको विमान स्थलका अधिकारीहरुले जनाए ।

शनिबार काठमाडौं फर्कनुपर्ने कार्यक्रम रहेका माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसमेत काठमाडौं जान पाएनन् । मौसममा सुधार हुने सम्भावना नदेखेपछि अध्यक्ष दाहाल आज बिहान नौ बजे गाडीबाट काठमाडौं हिँडेको माओवादी केन्द्र चितवनका जिल्ला इन्चार्ज इश्वरी भट्टराईले जानकारी दिए । दाहाल बिहीबार गृह जिल्ला चितवन आएका थिए ।

दाहाल काठमाडौं फर्किन नसक्दा पार्टी एकता संयोजन समितिको बैठकसमेत प्रभावित भएको खबरहरु आएका छन् । मौसमको खराबीले हिजो मात्रै काठमाडौं भरतपुर काठमाडौंका १२ वटा उठानहरु स्थगित भएका थिए । त्यस्तै पोखरा भरतपुर पोखराका दुईवटा उडानहरु पनि हुन नसकेको भरतपुर विमान स्थल कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित: २३ पुस २०७४ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App