८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी हिरासतमै आरोपीको मृत्यु

दमक– झापाको गौरीगञ्जको इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना आरोपीको मृत्यु भएको छ। 

सार्वजनिक मद्दाका आरोपी गौरीगञ्ज गाँउपालिका– ३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादव मृत फेला परेका हुन्। यादवको शव विहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन्धानकै क्रममा हिरासतमा रहेका थिए। उनीसँगै हिरासतमा अन्य २ जना कैदी समेत थिए। इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक नारायण गौतमले यादवले आत्महत्या गरेको बताए । घटनाको थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २३ पुस २०७४ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App