८ वैशाख २०८१ शनिबार
समाज

‘प्रदेशको राजधानी’ माग्दै वीरगन्जमा चक्का जाम

वीरगन्ज- प्रदेश नं २ को राजधानी यहाँ बनाउनु पर्ने माग गर्दै वीरगन्जमा सुरु भएको चरणबद्ध आन्दोलनको पहिलो चरणको कार्यक्रमअन्तर्गत शनिबार वीरगन्जमा ३० मिनेट चक्काजाम गरिएको छ । यसअघि जुलुस प्रर्दशन र रिले अनसन गरिएकोमा शनिबार चक्काजाम थपिएको आन्दोलनका अगुवा श्याम पटेलले बताए ।
वीरगन्जको मेनरोडमा चक्काजाम गर्न प्रदर्शनका सहभागीले मानव साङ्लो बनाएर बाटोमा उभिएका थिए । ‘यो कुनै दलको आन्दोलन होइन, कुनै झण्डा यहाँ प्रयोग पनि गरिएको छैन, पर्सा, बारा र रौतहटका समग्र जनताको माग तथा आपेक्षाका लागि र समग्र दुई नम्बर प्रदेशको भविश्यको हकमा गरिएको जनताको सघर्ष हो,’ नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका पटेलले भने, ‘देशकै राजधानी बनाउन सक्षम रहेको ठाउँ हो वीरगन्ज, संघीयताको पक्षमा भएको आन्दोलनमा यस ठाउँ योगदान सबभन्दा बढी छ, प्रर्याप्त भौतिक पूर्वाधार छ यहाँ ।’ अहिलेको आन्दोलनलाई कुनै दल वा नेताले समान्य आँकेमा त्यो उनीहरूको गल्ती ठहरिने बताउँदै पटेलले अहिले आन्दोलनको उठान मात्र भएको बताए । उत्कर्ष निकै कठोर हुन सक्ने उनले चेतावनी दिए ।
एमाले नेता महमद बसरुद्दिन अन्सारी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य फिरोज मन्सुर, युवा अगुवा ओमप्रकाश सर्राफ, कमल चौगाई, हजारी प्रसादलगायतको अगुवाइमा चक्काजाम गरिएको थियो । यसैबीच बिहीबारदेखि सुरु भएको रिले अनसनमा दोस्रो दिन शुक्रबार पूर्व सांसद राजकुमार गुप्ता, दुर्गा क्षेत्री, अनिता रौनियार, सुधिर पटेल, बद्रीनारायण तिवारी, तेजप्रकाश सहनी, संजीव मिश्र, यशवन्त यादव, रेखा साह, रानीदेवी श्रीवास्तव र अकलेशकुमार साह बसेका छन् । संघर्ष कडा पार्दै लैजाने मिश्राले बताए । सरकारले राजधानीको निर्णय गर्ने सवालमा अहिले सावधानी देखाएकाले आन्दोलनलाई शान्तिपूर्ण बढाउन आपूmहरू सफल भएको विद्यार्थी नेता तिवारीले प्रतिक्रिया दिए । अन्यत्र राजधानी घोषणा गर्ने कार्य अघि बढाइए वीरगन्जमा सम्हाल्न नसकिने आन्दोलन हुने उनले बताए ।

प्रकाशित: २३ पुस २०७४ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App