८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेट

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् ।

आर्थिक अनियमितता छानबिन गर्ने अख्तियार र लेखापरीक्षण गर्ने छुट्टाछुट्टै जिम्मेवारी बोकेका दुई संवैधानिक निकाय प्रमुखलाई प्रमुख निर्वाचन आयुक्तले आयोगमै बोलाउनुलाई शंकास्पद रुपमा हेरिएको छ ।

तीन चरणको निर्वाचन सकेको मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका हुन् ।
आर्थिक अनियमितता छानबिन गर्ने अख्तियार र लेखापरीक्षण गर्ने छुट्टाछुट्टै जिम्मेवारी बोकेका दुई संवैधानिक निकाय प्रमुखलाई प्रमुख निर्वाचन आयुक्त यादवले आयोगमै बोलाउनुलाई शंकास्पद रुपमा हेरिएको छ । तीनजनाबीच आयोगमा के विषयमा छलफल भयो भन्ने कुरा गोप्य राखिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बिल्कुलै अनौपचारिक भेटघाट भएको बताए । ‘चिया, कफी गफ हो । एकदुई महिनामा यसरी भेट हुने प्रचलन छ,’ उनले भने, ‘म सहभागी हुने कुरा भएन । सरकारी काम केही पनि होइन । सामान्य भेटघाट मात्र हो । विस्तृत जानकारी भएन ।’
आयोगका कर्मचारीलाई संवैधानिक निकायका पदाधिकारीबीच अनौपचारिक भेटघाट भन्ने जानकारी गराइएको थियो ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि १० अर्ब रुपैयाँ र स्थानीय तह चुनावका लागि ७ अर्ब रुपैयाँ खर्च छुट्ट्याएको थियो ।
आयुक्तहरुमाथि मतपत्र छपाइ, मतदाता नामावली छपाइ, मतदाता शिक्षा लगायतका विषयमा अनियमितता भएको भन्ने आरोप लागेको छ । मतदाता शिक्षामा १ अर्ब रुपैयाँ खर्च गरे पनि समानुपातिकतर्फ करिब २० प्रतिशत मत बदर भएको छ । निर्वाचन आयोगले तीनवटा चुनावमा कति भोट बदर भयो भन्ने तथ्यांक सार्वजनिक गरेको छैन ।

प्रकाशित: २३ पुस २०७४ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App