coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ढुवानीका साधन नहुँदा थन्कियो स्याउ

जुम्ला – तिला गाउँपालिका–९ खोप्री गाउँमा उत्पादित स्याउ ढुवानीका लागि साधन नहुँदा थन्किएको छ । गाउँसम्म मोटरबाटो नपुगेको र वैकल्पिक ढुवानीको साधन उपलब्ध नहुँदा स्याउ बजारसम्म पु¥याउन नसकिएको हो ।

माथिल्लो खोप्रीका स्याउ किसान कालीबहादुर थापा झन्डै २० क्विन्टल स्याउ नजिकैको कयरकोट बजारमा थन्किएको बताउँछन् । ‘सडकको पहुँच छैन, ढुवानी गर्ने साधन छैन,’ उनले भने, ‘साधन अभावकै कारण यहाँ उत्पादित स्याउ बिक्री गर्न सकिएको छैन ।’ स्टोरमा राखिएको स्याउ चाउरी परिसकेको उनले बताए ।

सिजनमा व्यापारीले बगैंचामै पुगेर प्रतिकेजी स्याउको ६० रुपैयाँमा लैजाने गरेका थिए ।  तर अहिले स्याउको लिन न व्यापारी आउँछन् न त अवस्था बुझ्न कृषि कार्यालयका कर्मचारी नै पुग्छन् । यो समयमा ३० रुपैयाँ प्रतिकेजीमा स्याउ बिक्री गर्नु परेको किसानले गुनासो गरेका छन् । तिला–९ स्थित तल्लो र माथिल्लो खोप्री गाउँ गरेर ४५ वटा घर छन् । सबै घरमा स्याउ बगैंचा स्थापना भइसकेका छन् । प्रत्येक घरमा न्यूनतम १० देखि ५० क्विन्टलसम्म स्याउ उत्पादन हुने गर्छ ।

कर्णाली राजमार्गसम्म पुग्न चार घण्टाको पैदल यात्रा गर्नुपर्छ । मान्छेमार्फत ढुवानी गर्नुपर्दा सडकसम्म स्याउ सुरक्षित पु¥याउन नसकिने भएकाले स्याउ थन्किएको हो । स्टोरमा राखिएको स्याउ कुहिन थालिसकेको छ । केही स्याउ गाईबस्तुलाई दिने गरिएकोमा केही स्याउको चाना, जाम, जेली, जुस बनाउने गरिएको छ । जिल्लाभर एक घर एक स्याउ बगैंचाको अभियान चलिरहेका बेला बगैंचामा उत्पादित स्याउ बजारसम्म पुग्न कठिन छ ।

वडा नम्बर–९ का सदस्य हर्कबहादुर बुढा स्याउ उत्पादनमा जोड दिएपनि बजारीकरण गर्न नसकिँदा किसानको जीवनस्तरमा सुधार आउन सकेको बताउँछन् । उनले भने, एक घर एक बगैंचा भइसकेपछि ढुवानीको आवश्यक व्यवस्था गरिनुपर्नेमा जोड दिन्छन् । स्थानीय सरकारले खोप्री गाउँदेखि कयरकोट बजार सम्मको सडक निर्माणका लागि बजेट विनियोजन गरिसकेकाले समस्या टर्ने उनको भनाइ छ ।

अहिलेसम्म गाउँमा कृषि प्राविधिक पुग्न सकेका छैनन् । जिल्लामा आएर कृषि कार्यालयसँग परामर्श गरेर गाउँमा बगैंचा व्यवस्थापनको काम गर्ने गरेको स्थानीय बताउँछन् । गाउँमा अहिलेसम्म झन्डै ५० क्विन्टल स्याउ थन्किएको छ । स्याउ किसान कालीबहादुर थापाका अनुसार गाउँमा सिमी, मकै तिर स्याउ बेच्ने गरेको अनुभव सुनाउछन । स्याउ बेच्ने बजार नहुँदा बाध्य भएर गाउँमा स्याउ अन्नसँग साट्नु परेको बताउँछन् । बोकेर ल्याएको स्याउ स्थानीय बजारमा बार्गेनिङ गरेर बेच्नु परेकाले गाउँमै स्टोर गर्नु परेको छ ।

प्रकाशित: २३ पुस २०७४ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App