६ वैशाख २०८१ बिहीबार
मुख्य समाचार

नेप्सेको उतारचढावले हतोत्साही नबनौंः अध्यक्ष कार्की

काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सेयर बजारमा देखिएको उतारचढाव चाँडै अन्त्य हुने दाबी गरेका छन्। लगानीकर्ता अहिले हतोत्साहित हुनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए। पछिल्लो राजनीतिक परिवर्तनको कारणले पनि यस्तो समस्या आएको भन्ने हल्ला चले पनि त्यसमा कुनै सत्यता नभएको उनले दाबी गरे।

‘अवस्था सुधारोन्मुख छ,’ उनले भने, ‘आजै मात्र मैले अर्थमन्त्रीसँग भेट गरेको छु, उहाँ पुँजी बजारलाई प्रोत्साहन गर्ने कुरामा सकारात्मक हुनुहुन्छ।’

रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै अध्यक्ष कार्कीले संस्थागत लगानीकर्ता नहुँदा बजारमा समस्या देखिएको टिप्पणी गरे। ‘बोर्ड पूँजी बजारलाई नियमन गर्दै चुस्त र दुरुस्त वातावरण बनाएर सहजीकरण गर्न प्रतिबद्ध छ,’ उनले भने।

धितोपत्र बोर्डले बजारमा कालो धनको प्रवेश छ कि छैन भनेर छानबिन गर्न समिति बनाएको बताउँदै उनले यसका कारण लगानीकर्ता हतोत्साहित बनेको कारणले आफूहरुले उक्त समिति विघटन गरेको बताए। ‘हामी पछि हटेको भन्ने कुरामा सत्यता छैन, हामीले त लगानीकर्तालाई सुरक्षित महशुस होस् र द्विविधामा नपरुन् भनेर समिति विघटन गरेको र दोस्रो विज्ञप्ती जारी गरेका हौं,’ उनले भने।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले पछिल्लो समय शेयर बजार विवेकसंगत ढंगले चलेको छ कि छैन भन्ने कुरामा आशंका रहेको तर्क गर्दैै भने, ‘सेयर बजारमा अहिले भाइरल ज्वरोको संकेत देखिएको छ, हिजो ८८ अंकले घटेको नेप्से आज ८४ अंकले बढ्नुलाई मैले अस्भाविक मानेको छु।’

क्षेत्रीले नेपाली बजारमा पूँजी बजार प्रणालीको बारेमा ज्ञानको अभाव रहेकोसमेत गुनासो पोखे। उनले नियामक निकायले बजार अनुगमन गर्ने कुरामा विशेष पहलकदमी लिनुपर्ने सुझाव दिए। ब्रोकरहरुले आफ्नो कमिशन वापतको रकम घटेपछि बजार प्रभाव पार्न कारोबारमा ध्यान नदिँदा पनि अहिलेको समस्या उत्पन्न भएको उनको तर्क थियो।

ईन्भेस्टर फोरमका अध्यक्ष आत्माराम घिमिरेले सेयर बजार लोभ र डरको संयोजनको रुपमा टिप्पणी गर्दै अस्वभाविक रुपमा बढेको सेयर सच्चिएको बताए। यद्यपी उनले दुई चार दिनदेखि भएको सेयर बजारको प्रवृत्ति अस्भाविक भएको टिप्पणी गरे ।

स्टक ब्रोकर्स एशोसियसनका अध्यक्ष प्रियराज रेग्मीले मार्केट फोर्सका कारण बजार घटबढ भएको तर्क गरेका छन् । उनले भने, ‘बजार तलमाथि हुनुमा ब्रोकरको कुनै हात छैन्, अहिले हामी अचानो बनेका छौं।’
सोमबार अप्रत्याशित रुपमा पहिरो गएको सेयर बजारमा मंगलबार खुसीयाली छाएको छ । सोमबार ८८ अंकले गिरेको बजार मंगलबार झन्डै त्यही अनुपातमा उक्किलएको छ ।

मंगलबार बजार खुलेदेखि नै निकै तीव्र गतिमा उकालो लागेको नेप्से एकघन्टामै ८४.५१ अंकले बढेको छ। सोमबार १६७५ मा ओर्लिएको बजार मंगलबार बुलकै शैलीमा बुर्कुशी मारेर १७६०.४२ अंकमा उक्लिएको छ। सोमबार शोकमय भएको सेयर बजारमा मंगलबार एकाएक खुसीयाली छाएको छ ।

पूर्ण स्वचालित कारोबार प्रणाली स्थापित गर्ने क्रममा नेप्सेलाई पटक–पटक निर्देशन दिइरहेको छ । लगानीकर्ताले बजारको गहिराई (मार्केट डेफ्थ) हेर्न सक्ने व्यवस्था ग¥यो । यो व्यवस्थाले सबै लगानीकर्तालाई कुन कम्पनीको सेयरमा कति माग र आपूर्ति छ भनेर हेर्न सुविधा दिन्छ।

 

प्रकाशित: २५ श्रावण २०७३ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App