coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

खोटाङ आइडलमा १ सय ६७ प्रतियोगी

खोटाङ आइडलको दिक्तेलमा आयोजित छनोट कार्यक्रममा गीत गाउँदै एक सहभागी ।

खोटाङ – खोटाङमा हुन लागेको गायन रियालिटी सो ‘खोटाङ आइडल’को पहिलो अडिसनबाट  १ सय ६७ प्रतियोगी छानिएका छन् । जिल्लाका ८ गाउँपालिका र दुई नगरपालिकाका ११ स्थानमा गरिएको अडिसनबाट दोस्रो अडिसनका लागि प्रतियोगी छानिएका हुन् ।

आयोजक समितिका संयोजक जीवनकुमार राईले गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान, सम्वद्र्धन र विकास गर्न सर्वाधिक राशिको सो सुरु गरिएको बताए । ‘मोफसलमा लुकेका कलाको खोज एवं अवसरबाट वञ्चित नवप्रतिभाको प्रोत्साहनका लागि आइडल सुरु गरेका हौं,’ संयोजक राईले भने, ‘आइडलमा नवप्रतिभाको उल्लासमय सहभागीता रहेको पाएका छौँ ।’ दोश्रो अडिसनबाट सय जना निकालेर ६७ जना मात्र छानिने उनले बताए । दोस्रो अडिसन पुस २८ र २९ गते दिक्तेलमा हुनेछ ।

प्रतियोगीतामा प्रथम हुनेले ५४ हजार ५ सय ७४ का साथमा ६ महिना संगीत अध्ययनको अवसर, एउटा गीत रेकर्डको अवसर तथा ट्रफी पाउने तथा दोश्रो हुनेले २४ हजार ५ सय ७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेश्रो हुनेले १० हजार ५ सय ७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर पाउनेछन् ।
 

प्रकाशित: २३ पुस २०७४ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App